मेगमन बुढा/श्रवण कुमार यादव शुक्रबार, फाल्गुण २६, २०७९

दाङ । राप्ती नदीमा दिउँसै अवैध रुपद्वारा गिट्टी– बालुवा उत्खनन र दोहनमा गर्ने १ वटा सवारी साधन तथा चालक र कामदारलाई पक्राउ गरि राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिरले प्रहरीलाई बुझाउनु भएको छ ।

देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ गिधनीया घाट र राजपुर गाउँपालिका वडा नम्बर ३ सिमाना भित्रमा पर्ने राप्ती नदीको क्षेत्रको स्थानबाट पटक पटक बालुवा,गिट्टी,मिस्कट र ढुङा लगायताका नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन् चोरि तस्किरी गरिरहेको अवस्थामा शुक्रबार बिहान रा १ त ४६१७ नम्बरको एक ट्याक्टर पक्राउगरि बेला प्रहरी चौकीलाई जिम्मा लगाइएको वडा अध्यक्ष अहिरले जानकारी दिनु भयो ।गिधनीया घाट राजपुर गाउँपालिकाको क्षेत्र भित्र पर्छ । तर हामीलाई कुनै जानकारी नदिएर अवैधानिक रुपमा उत्खनन गरेको खबर पाएपछि मैले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि प्रहरीलाई जिम्मा लगाएको हो,वडा अध्यक्ष अहिरले भन्नु भयो । अबदेखि हाम्रो क्षेत्रमा कुनैपनि ट्याक्टर साहुहरुले अनुमति नलिएर यस्ता कार्य गरेको पाइएमा अझ खरो रुपमा हामी उत्रिन्छौं,अध्यक्ष अहिरले टेलीफोन मार्फत जानकारी दिनु भयो ।

त्यस्तै उहाँका अनुसार गएराति उत्खननमा संल्गन एक ट्याक्टर पक्राउ गरिएको थियो । तर उक्त ट्याक्टरको चाबी सहित चालक फरार रहेकोे हुँदा ट्याक्टरलाई सोही गाउँ बासिलाई जिम्मा लगाएर छाडिएको भएपनि स्थानीय बासिलाई अतेर गरि ट्याक्टर त्यहाँदेखि भगाइसकेको अध्यक्ष अहिरले जानकारी दिनु भयो । त्यस्तै उक्त ट्याक्टर लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती गाउँको योजना निर्माण प्रयोजनका लागि गिट्टी,बालुवा उठाउन गएको भन्ने बुझिएको अध्यक्ष अहिरले बताउनु भयो ।

त्यस्तै यता बेला प्रहरी चौकीका इन्चार्ज रकम खड्कासंग यस बारेमा बुझ्दा अहिले उक्त ट्याक्टरलाई आवश्यक कार्वाहीको लागि राजपुर गाउँपालिकालाई पत्राचार गरिने बताउनु भयो । उहाँका अनुसार राजपुर-३ का वडा अध्यक्ष रामप्रसाद अहिरको माध्यमद्वारा उक्त ट्याक्टरलाई पक्राउ गर्न सफल भएको बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]