
Ssb
Ppu
Rks
Ksb
Nsb
Usb
Ksb
Csb
Ssb
Bsn
Ksb
Rsb
Gsb
Tgp

Ssb
Usb
Tsb
Hl1
Gsb

ptl
Nps
Rgu
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ ।
वरिष्ट लोक तथा दोहोरी गायक खुमन अधिकारीले “अब होला केही” बोलको गीतबाट सुरु गरेका थिए ।त्यस्तै निर क्या छ माया जाल,मायालुले भिरेको झोला,भगेरीले आगनीमा लरीलरीलै,तिमी र म पिरतीमा झ्याप”भन्ने बोलमा दर्शकहरुको बीचमा गएर अधिकारीले नचाएका थिए । आधा दर्जन भन्दा धेरै गीतहरु गाएर अधिकारीले दर्शकलाई मनोरञ्जन दिएका थिए ।
त्यसैगरी लोक गायीका अनु राना मगरले दर्शकहरुलाई खुबै नचायकी थिन् । उनले नौतुनाको रेल पुग्यो बम्बई,छम्मछ्मी नाच्ने हो,आदि गीत गाएकी थिइन् । स्थानीय कलाकारहरु श्रिसा पोख्रेल, काक्री मगर खाम समाज,सुस्मिता थापा,यूना चौधरी, बृन्दा खड्का,एन्जिला श्रेष्ठ,ईश्वर पाण्डे,युनिक क्षेत्रीले पनि आ-आफ्नो प्रस्तुति दिएर मनोरञ्जन दिएका थिए।
यसैगरी भोलि आउने कलाकारहरु वरिष्ट लोक तथा दोहोरी गायक बद्री पंगेनी,लोक गायिका अनुराना मगर र कार्यक्रम प्रस्तोता सर्मिला अर्यालले गर्ने आजको कार्यक्रम प्रस्तोता राशि रिजालले जानकारी दिनु भयो ।
