तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, फाल्गुण २३, २०७९

दाङ । राप्ती गाउँपालिकाकाे सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र बराखुटीकाे आयाेजनामा साेमबार स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण गरिएको छ।राप्ती गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरीकाे अध्यक्षता तथा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यता र स्वास्थ्य शाखा प्रमुख नारायण रावलकाे विशिष्ट आतिथ्यतामा साे सामाग्री वितरण गरिएको हाे।

साे अवसरमा बाेल्दै उपाध्यक्ष चाैधरीले आमा र बच्चाकाे स्वास्थ्य सुधारको लागि जरिबुटी जन्य औषधी अति उपयोगी हुने बताउदै सहि तरिकाले सेवन गर्न सुझाव दिनु भएको थियोे ।आमा र बच्चाको स्वास्थ्य सुधार गर्न तथा बच्चाहरु लाई कुपोषणजन्य रोगबाट बचाउने उदेश्यले साे औषधि वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्र राप्ती गाउँपालिका २ बराखुट्टीका कविराज जुद्व बहादुर चाैधरीले जानकारी दिनु भएको छ।त्यस्तै उहाँका अनुसार वडा नम्बर ५,६,७ र ८ का छ महिना भन्दा कम उमेर भएका बच्चाहरुका करिब १ सय २७ जना आमाहरुलाई सतवारी चुर्ण नामक औषधि वितरण गरिएको छ । याे औषधी सेवनबाट बच्चाहरुको शारीरिक, मानसिक वृद्धि र विकासमा समेत सघाउ पुग्ने कविराज चाैधरीले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]