
Pes
Lnp
Sgr
pku
Djs
cjs
Rgp1
Srbpu
Unsku
Rgp
Gfs
Pbu
sbs
Ggp

Ssm
Ggd
Rgu
Wsp
nsb
Sbs
Pvg
Gst
Rgs
Rsb
Ksm
Bbu
Bbbpu
Rgu
Asm
Vor
Sls
Hal
Tsm

Abd
Ptm
Rmb
Mks
Bml
Gsb
Jmb
Rpp
bbt
Jmb
sab
Pls
Syp
दाङ । राप्ती गाउँपालिकाकाे सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र बराखुटीकाे आयाेजनामा साेमबार स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण गरिएको छ।
राप्ती गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरीकाे अध्यक्षता तथा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यता र स्वास्थ्य शाखा प्रमुख नारायण रावलकाे विशिष्ट आतिथ्यतामा साे सामाग्री वितरण गरिएको हाे।
साे अवसरमा बाेल्दै उपाध्यक्ष चाैधरीले आमा र बच्चाकाे स्वास्थ्य सुधारको लागि जरिबुटी जन्य औषधी अति उपयोगी हुने बताउदै सहि तरिकाले सेवन गर्न सुझाव दिनु भएको थियोे ।
आमा र बच्चाको स्वास्थ्य सुधार गर्न तथा बच्चाहरु लाई कुपोषणजन्य रोगबाट बचाउने उदेश्यले साे औषधि वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्र राप्ती गाउँपालिका २ बराखुट्टीका कविराज जुद्व बहादुर चाैधरीले जानकारी दिनु भएको छ।
त्यस्तै उहाँका अनुसार वडा नम्बर ५,६,७ र ८ का छ महिना भन्दा कम उमेर भएका बच्चाहरुका करिब १ सय २७ जना आमाहरुलाई सतवारी चुर्ण नामक औषधि वितरण गरिएको छ । याे औषधी सेवनबाट बच्चाहरुको शारीरिक, मानसिक वृद्धि र विकासमा समेत सघाउ पुग्ने कविराज चाैधरीले जानकारी दिनु भएको छ ।
