आलोक भावुक/गढवा शुक्रबार, फाल्गुण १९, २०७९

दाङ । स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि गढवामा सुरु भएको छ।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ गरिएको छ । तिनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाबाट प्रभावकारी सेवा प्रवाहका लागि, कर्मचारी र विभिन्न शाखाहरुमा थप ज्ञानको लागि तिन दिने तालिम प्रभावकारी हुने आशा आफुले लिएको बताउनुभयो।

योजनाका कामहरु लगायतका अन्य काम कार्वाहीहरु सही भए पनि केही कानुनी प्रक्रिया नपुगेर बेरुजु आउने गरेकोले त्यस्ता खालको वेरुजु कम गर्ने, सेवा प्रवाह सहि समयमा सहि तरिकाले कार्य सम्पादन गर्नका लागि यो प्रशिक्षण महत्वपूर्ण रहेको अध्यक्ष पोख्रेलले बताउनु भयो। त्यसैगरी धेरै महत्वपूर्ण बिषयबस्तु समेटिएर स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौंले गढवा गाउँपालिका संग यो कार्यक्रमको लागि समन्वय गरेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो। प्रशिक्षण प्रभावकारी र उपलब्धि मुलक हुने र प्रशिक्षण पश्चात पालिका भित्र राम्रो काम कार्वाही हुने आफुले आशा गरेको बताउनु भयो।त्यस्तै स्थानीय तहको सेवामा भैरहेको कमीकमजोरीलाई सुधार गर्ने, बेरुजु रकम अन्त्य गर्ने, पालिकाको बजेटबाट उपभोक्ता समितिबाट हुने काम हरुको बिधि प्रक्रिया, सार्बजनिक खरिद प्रक्रिया, पेश्की, बेरुजु बेरुजु फर्च्यौट प्रक्रिया, सार्वजनिक खरिद प्रक्रिया, स्थानीय तह वडा समितिको काम कर्तव्य र अधिकार, राजश्व सुधार कार्य योजना, अवधारणा, आवश्यकता, राजश्व परामर्श समितिको भूमिका, राजश्व कार्यालय सुधार कार्ययोजना तर्जुमा प्रक्रिया, स्थानीय तहमा सिफारिस र सर्जमिन मुचुल्का, योजना मुल्यांकन तथा अनुगमन, स्थानीय तहका आयका स्रोतहरु, राजश्वको अवधारणा, कर र गैर कर, राजश्वको अधिकार क्षेत्र, स्थानीयतह संस्थागत स्वमूल्याङ्कन, सम्पत्ति कर अवधारणा, सम्पत्ति कर र संकलन र व्यवस्थापन र सम्पत्ति कर निर्धारण अभ्यास लगायतकाको विविध विषयमा केन्द्रित रही तालिम सञ्चालन हुने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौं उपनिर्देशक हरिकृष्ण कोइरालाले जानकारी दिनुभयो।यस्तै तिन दिने प्रशिक्षण कार्यक्रममा गढवा गाउँपालिकाका वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, विभिन्न वडाका वडा सचिवहरुको उपस्थिति रहेको छ। तिन दिने प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौंका उपनिर्देशक हरिकृष्ण कोइराला त्यसैगरी बुद्दी प्रसाद घिमिरे र सत्रुघन चौधरी प्रशिक्षकको रुपमा रहनु भएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]