
Gfs
Unsku
Lnp
Sgr
cjs
Ggp
Rgp1
Ses
Rgp
pku
Djs
Pbu
Srbpu
Pes

Vor
Sls
Asm
Ggd
Ksm
Wsp
Tsm
Rgu
Hal
Pvg
Ssm
Rgs
Sbs
Gst
Bbu
nsb
Bbbpu
Rgu
Rsb

bbt
Mks
sab
Jmb
Ptm
Gsb
Bml
Jmb
Pls
Rpp
Abd
Rmb
Syp
दाङ । गढवा गाउँपालिकाको आयोजनामा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम बुधबार गढवा – ३ को सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा सम्पन्न भएको छ।
सरस्वती माध्यमिक विद्यालय बिध्यानगर गोबरडियाका प्रधानाध्यापक सुर्य प्रकाश बर्माको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
त्यस्तै उक्त सचेतना मूलक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले वर्तमान समयमा युवा पुस्ता लागु औषध र लागु औषध दुर्व्यसनको लतमा फाँसेको भन्दै सावधानी अपनाउन आवश्यक रहेको र सचेतनामूलक कार्यक्रम बृहत रुपमा सञ्चालन गर्न पालिका लागि परेको बताउनुभयो । समाजमा भैरहेकोले बालविवाह, बालश्रम,मानव बेचबिखन तथा ओसारपसार,लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन रोक्न गढवा गाउँपालिकाले यस किसिमको कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले समाजमा चेलीबेटी बेचबिखनको घटना दिनप्रतिदिन बढी रहेकोले सजग र सतर्क रही अञ्जान व्यक्तिको सम्पर्क नआउन र विश्वास गर्न नहुने बताउदै मोबाइलको सही प्रयोग गर्नु पर्ने बताउनु भयो । आफु सक्षम नहुँदासम्म विवाह गर्न नहुने बताउदै बाल विवाहले समाजमा नकरात्मक असर पार्ने र वैवाहिक जीबन सुमधुर नहुने,सामाजिक आर्थिक भौतिक हरेक किसिमका चुनौतीहरुसंग झेल्नु पर्ने बताउनु भयो।
कार्यक्रममा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार,लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन सम्बन्धि विशेष कक्षा सञ्चालन गरिएको र कानूनी व्यवस्था बारे विद्यार्थीहरुलाई जानकारी गराएको थियो। त्यसैगरी जनता माध्यमिक विद्यालय कालाकाटेमा कार्यक्रम सम्पन्न भएको छ भने सरस्वती माध्यमिक विद्यालयपछि जनता माध्यमिक विद्यालय गढवा र माध्यमिक विद्यालय चैनपुरमा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो।
सचेतनामूलक कार्यक्रमको प्रशिक्षकमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष आर के शितल र सन्तोष सुवेदी रहनु भएको थियो । गढवा गाउँपालिका वडा नम्बर – ३ का वडा सदस्य आशाराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।
