
Rgp1
Djs
Pes
Sgr
Ggp
Pbu
pku
Srbpu
Rgp
Lnp
Gfs
Ses
Unsku
cjs

Gst
Rgs
Bbbpu
nsb
Ggd
Pvg
Wsp
Sbs
Hal
Tsm
Ksm
Ssm
Asm
Rgu
Sls
Rsb
Vor
Bbu
Rgu

Rmb
Jmb
bbt
Jmb
Rpp
Syp
Gsb
Pls
Abd
Bml
Ptm
sab
Mks
कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालले आज नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र कृष्णनगरमा प्रमुखमा आएका सुशिल पौडेललाई स्वागत तथा सरूवा भइ जान लागेका प्रमुख कमर आलम खांलाई बिदाई गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा नं १ मा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खांको निवासमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , मौलाना जहिर अहमद बरेलवी, डा. सहाबुद्दीन, असरफ खान, अब्दुल समद खां लगायतले पौडेल तथा खां लाई दोस्ल्ला ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मौलाना मशहूदले कमर आलम खांले आफ्नो कार्यकालमा जनतालाई पुर्याएको सेवा कृष्णनगर क्षेत्रका लागि अविस्मरणीय रहने बताउदै बाकी कार्यकाल सफलताका साथ वितोस भन्ने कामना व्यक्त गरे । कार्यक्रममा प्रमुख पौडेललाई स्वागत गर्दै अध्यक्ष अल्कूफीले कृष्णनगर बसाई सुखद रहोस भन्ने कामनाका साथ सेवाग्राहीको सम्सया समाधान गर्नु हुनेछ भन्ने आफू हरू पूर्ण विश्वस्त रहेको बताए ।
कार्यक्रममा कृष्णनगर वितरण केन्द्रका प्रशासन शाखा प्रमुख बिष्णु पौडेल,अब्दुल हसिब, जाहिद आजाद, मौलाना मुबारक, मास्टर इदरिस, अलताफ़ खान, शैख अब्दुल सलाम,अब्दुल नूर लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा विओपी कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीलाई समेत सम्मान गरिएको थियो ।
