
Ses
Gfs
Sgr
Rgp
Srbpu
Lnp
Unsku
Pes
cjs
pku
Djs
Ggp
Pbu
Rgp1

Gst
Pvg
Sls
Bbu
Rgs
Asm
Ksm
Vor
Ggd
nsb
Rgu
Ssm
Hal
Rsb
Sbs
Rgu
Bbbpu
Tsm
Wsp

Jmb
Ptm
sab
Pls
Jmb
Mks
Gsb
Rpp
Syp
Rmb
Bml
Abd
bbt
दाङ । राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार देखि विद्यार्थी,शिक्षक र प्रधानाध्यापककाे लागि ५ दिने अक्षर सुधार सम्बन्धि कार्यक्रम शुरु भएको छ।
राप्ती गाउँपालिकाका समाजिक विकास समितिका संयाेजक तथा वडा नम्बर दुईका वडा अध्यक्ष पहलवान चाैधरीकाे अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा साे कार्यक्रमकाे शुरुआत गरिएकाे हाे।
साे अवसरमा बाेल्दै अध्यक्ष विष्टले कुनै पनि देशकाे समग्र विकास गर्नका लागि शिक्षा अपरिहार्य, अनिवार्य र आवश्यकता रहेको कुरा चर्चा गर्दै शिक्षामा पढाइ सँगसँगै लेखइकाे पाटाे पनि महत्त्वपूर्ण हुने भएकाले यसको सुधार हुन जरुरी रहेको बताउनुभयो छ । त्यस्तै उहाँले शिक्षा क्षेत्रमा राज्यले वर्षेनी लाखौं रकम खर्च गरेकाे बताउदै शिक्षकहरु पनि आफ्नाे पेशा प्रति सकारात्मक साेचका साथ समर्पित भएर लाग्नु पर्ने कुरामा जाेड दिनु भयो ।
कार्यक्रमकाे पहिलो दिन सामुदायिक र संस्थागत विद्यालयका नेपाली,अङ्ग्रेजी विषयका शिक्षक तथा प्रधानाध्यापकहरु गरि करिब १२७ जना शिक्षक शिक्षिकाहरुकाे सहभागीता रहेकाे थियोे । कार्यक्रमकाे दाेस्राे दिनबाट क्रमस सबै विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराईने साे कार्यक्रमको प्रशिक्षकमा बामदेव याेगी रहने पालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ।
कार्यक्रम बाेल्दै मावि माैरीघाटकी प्रधानाध्यापक सीता रिजाल,नेपाल राष्ट्रिय मावि भालुवाङ्गका प्रधानाध्यापक लाेकेन्द्र केसी,लिटिल एञ्जल स्कुलका शाेभाखर भुसालले यस कार्यक्रमकाे आयोजनाले अक्षर लेखन कार्यमा थप सुधार हुने विश्वास व्यक्त गर्दै आफुहरुले सिकेको कुरा विद्यालयका विद्यार्थीहरुलाई समेत सिकाउने बताउनु भयो ।
साे अवसरमा वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर,शिक्षा समितिकि सदस्य गीता चाैधरी, कार्यपालिका सदस्यहरू चम्फा भुसाल, पार्वती सुवेदी,सावित्री चाैधरी लगायतको उपस्थिति रहेको थियो ।
