
Rgp
Rgp1
Gfs
Pes
Sgr
Ggp
Lnp
Pbu
cjs
Ses
Srbpu
Unsku
pku
Djs

Ggd
Pvg
Rsb
Vor
Asm
Gst
Sbs
Ksm
Rgu
Rgu
Bbbpu
Bbu
Tsm
Ssm
Rgs
Sls
Wsp
Hal
nsb

bbt
Gsb
Mks
sab
Ptm
Abd
Jmb
Pls
Syp
Bml
Rmb
Rpp
Jmb
दाङ । देउखुरीमा विद्युत हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ पेरका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न ठाउँबाट रात्रिकालीन अनुगमनको क्रममा गएको फागुन १४ गते ९ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ३ वसन्तपुरका जगदम्बा प्रसाद अहिर, वडा नम्बर ३ भैसवाका जमुना प्रसाद यादव रहेको नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । यस्तै, राजपुर गाउँपालिका वडा नम्बर ५ चङ्गवाका सञ्चित कुमार यादव, शिवकुमार यादव, तहलु यादव, फिरोज अली, बैधु अली र गढवा गाउँपालिकाको वडा नम्बर ४ रामनगरका दिपक यादव रहेका छन् ।
त्यस्तै नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, सशस्त्र प्रहरी बल अर्जुन खोला र ईलाका प्रहरी कार्यालय गढवाको टोलीले उनीहरुलाई विद्युत् हुकिङ गरी चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रमुख लामिछानेले बताए । उनीहरुले १ लाख २ हजार रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको छ । त्यसमध्यमा ४ जनाले ४० हजार रुपैयाँभन्दा बढी जरिबानासहितको बक्यौता रकम बुझाएपछि छाडिएको छ भने अन्य ५ जनाको बारेमा छानबिन भइरहेको बताए ।
