
Rgp1
Unsku
Ggp
cjs
sbs
Rgp
Sgr
Pes
pku
Lnp
Gfs
Djs
Pbu
Srbpu

Sbs
Asm
Rgs
Vor
Gst
Ksm
Ggd
nsb
Sls
Ssm
Rgu
Rsb
Rgu
Bbu
Hal
Pvg
Wsp
Bbbpu
Tsm

bbt
Ptm
Rmb
Gsb
Mks
Jmb
Pls
Syp
sab
Bml
Abd
Rpp
Jmb
दाङ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यलय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा माईलस्टाेन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रा.लि.काे सहकार्यमा मंगलबार राप्ती उपत्यका भित्र बन्ने पूर्वाधार संरचना (आवास तथा अन्य संरचना ) मापदण्ड निर्धारण सम्बन्धि कार्यशाला गाेष्ठी भालुवाङमा सम्पन्न
भएको छ।
गाेष्ठी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा इन्जिनियर छविराज पाेख्रेलकाे अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हाे । गाेष्ठीमा माईलस्टाेन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रा.लि.का ईन्जिनियर कुमार धमला,पूर्व न्याय परिषदका सदस्य तथा उच्चस्तरीय निर्देशक समितिका विज्ञ सदस्य पदम वैदिक,प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेलले प्रदेश राजधानी जग्गा एकीकरण आयोजना सञ्चालन प्रक्रिया र कानूनी आधारहरुकाे बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
साे गाेष्ठीमा लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरी,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण पाेख्रेल,राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी,जग्गा एकीकरण विकास आयोजनाका अध्यक्ष श्यामेस चाैधरी लगायत लमही,सितगंगा नगरपालिका राप्ती,गढवा र राजपु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वडा अध्यक्षहरुकाे सहभागीता रहेको थियो।
त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणका अधिकृत लक्ष्मण घिमिरेकाे स्वागत मन्तव्यबाट शरु भएको कार्यक्रमकाे सहजीकरण इन्जिनियर शंकर सुवेदीले गर्नु भएको थियो ।
