
sbs
Pes
Sgr
Srbpu
cjs
Lnp
Pbu
pku
Djs
Rgp1
Gfs
Rgp
Unsku
Ggp

Pvg
Vor
Rgu
Hal
Tsm
Gst
nsb
Sbs
Asm
Rgu
Bbbpu
Bbu
Wsp
Ksm
Ggd
Rsb
Ssm
Rgs
Sls

Rpp
Syp
Ptm
Rmb
Pls
Gsb
Jmb
Mks
Bml
Abd
Jmb
bbt
sab
काठमाडौँ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्र एउटै रहेको स्पष्ट पारेका छन् । नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण आइरहेका बेला डिआइजी ज्ञवालीले भने नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रको जन्ममिति एउटै रहेको स्ष्ट पारेका हुन् ।
‘प्रहरी सेवामा प्रवेश गर्दा नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिति छैन,’ उनले भने,’ विद्यालयको प्रमाणपत्रका आधारमा नागरिकता बनाइएको छ । फरक जन्ममिति लिएर कुनै पनि सरकारी निकायमा आफ्नो प्रमाणपत्र पेश भएको छैन । नागरिकताको प्रमाणपत्रमा उमेर वर्ष उल्लेख गरिएको प्रहरी नायव महानिरीक्षक ज्ञवालीले बताए । उनले अगाडि थपे जुन बेला नागरिकता दिइन्थ्यो त्यस समयमा उमेरको वर्ष मात्र उल्लेख गरेर नेपाली कागजमा नागरिकता दिइन्थ्यो । तत्कालीन राज्यव्यवस्थाले दिने नै त्यही खालको नागरिकता थियो ।‘
नागरिकता जारी गरेको मितिलाई लिएर विषयलाई मुद्दा बनाएको उनको भनाइ छ । भ्रामक सूचना फैलाएर प्रहरी संगठन र कर्मचारीप्रति नराम्रो छाप पार्न खोजिएको उनले बताए । नागरिकता लिने समयमा परीक्षा नियन्त्रण कार्यालयमा भर्न लगिएको फारममा उक्त मिति उल्लेख गरिएको ज्ञवालीको भनाइ छ । उनी भन्छन्,’ मेरो नागरिकता भन्दा पनि विद्यालयले दिने प्रमाणपत्र जेठो छ । प्रमाणपत्रमा वर्षमात्र उल्लेख गरिएको हुन्छ । प्रमाणपत्रमा जारी मिति लेखिएको हुन्छ र त्यसैलाई अहिले जन्ममिति मानिएको मानेर गलत सूचना प्रवाह भइरहेको छ ।‘
गलत सूचना प्रवाह गरेर आम नागरिकमा भ्रम फैलाउन खोजेको ज्ञवालीले आरोप लगाए । सत्यतथ्य निष्पक्ष छानबिन गरेमा राज्यलाई सधैँ सहयोग गर्ने उनको भनाइ छ । बिना प्रमाण र तथ्य नबुझी बाहिर भ्रम फैलाउन हुँदैन,आफ्नो बारेमा आएको कुरालाई लिएर उनले भने । प्रहरी कर्मचारीको नियमावलीमा ’प्रहरी सेवामा रहेका कुनै पनि अधिकारीको ‘प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा’ हुने उल्लेख छ । ‘तर, यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) जन्ममिति कायम गरिनेछ, नियमालीमा भनिएको छ ।

