
Sgp
Rgp
Rgp
lnp
Ggp
Jns
ksb
Ggp
Lnp
Rgp
Usb
Dus
Lks
Rgp
Asb

lms

दाउपेचको राजनीतिले देश कमजोर बन्यो
राम्रो ठानी पठाए जनता तर किन चोर बन्यो।
साधुलाई तर न्यायालय अन्याय नै गर्छ किन ?
फटाहा घुस्याहा थुन्ने न यहाँ बलियो खोर बन्यो।
फटाहाहरु मिल्छन् स्वार्थमा देश लुछ्न आखिर
विचारहरु नमिली कसरी एउटै फोहोर बन्यो ।
संविधान त बनायौँ भन्छन् विश्वकै उत्कृष्ट तर
खै किन अधिकार बिनाको सैद्धान्तिक कोर बन्यो।
न्याय निसाफ छैन कतै समाजमा देशमा यहाँ
अन्याय अत्याचार त बढेर झन झन घोर बन्यो।
तेजप्रसाद खनाल
लमही दाङ
