
Djs
Gfs
Rgp
Srbpu
Sgr
Rgp1
cjs
pku
Pbu
Lnp
sbs
Unsku
Ggp
Pes

Asm
Hal
Rgu
nsb
Ksm
Bbu
Rgu
Wsp
Bbbpu
Pvg
Gst
Rgs
Rsb
Ggd
Ssm
Sls
Vor
Tsm
Sbs

Rpp
Bml
Ptm
Jmb
Pls
Rmb
Syp
Abd
Jmb
sab
Mks
Gsb
bbt
दाङ । बाल संसार एकेडमी तथा मन्टेश्वरीको चौथो वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार गढवामा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशकाका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर – ६का वडा अध्यक्ष बिरबहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
वार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले व्यवहारिक ज्ञान बिना घोकन्ते ज्ञानले मात्र पुर्ण नहुने बताउनु भएको छ । विद्यार्थीहरुमा घोकन्ते ज्ञान बढी र व्यवहारीक ज्ञानको कमी हुने गरेको भन्दै दैनिक जीवनमा चाहिने व्यवहारिक ज्ञानपनि आजको आवश्यकता रहेको बताउनुभयो । हाम्रा अशिक्षित आमा बुवाले हामीलाई यो स्तर सम्म पढाइ लेखाइ गरेर बनाउनु भयो भने हामु शिक्षित छौ हामो सन्तती लाई कुन स्तरको बनाउने सोच्नै पर्ने बेला आएको भन्दै सबै अभिभावकहरु लाई वालबालिकाको मनोविज्ञान बुझ्नै पर्ने बताउनु भयो। समाजमा अदक्ष शक्तिको उत्पादनले रोजगारको अवस्था सिर्जना गर्न कठिन भएको बताउनुभयो।
त्यसैगरी कार्यक्रमका बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरले गुणस्तरीय शिक्षा नै आजको प्रमुख आवश्यकता रहेको बताउदै गुणस्तरीय शिक्षाले मात्र समाज बदल्न सकिने भन्दै पढाइको गुणस्तरमा जोड दिन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा कार्यक्रममा ह्रदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्य, साहित्यकार नागेन्द्र प्रसाद यादव, स्थानीय खाद्य अधिकार सञ्जाल गढवाका उमाकन्त पन्त, शिक्षक तारा ढुङगाना, बिकास रजौरे, केशव घिमिरे, उज्ज्वल आले, शारदा पौडेल लगाएतकाले शुभकामना मन्तव्य दिनु भएको थियो।
साथै वार्षिक उत्सवको अवसर पारी विध्यालयका उत्कृष्ट विध्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरिएको थियो। साथै विध्यालयका संस्थापक अध्यक्ष कृष्ण पन्थी र संस्थापक प्रवन्ध निर्देशक माधव शर्मा पण्डित लाई कदर पत्र सहित सम्मान गरिएको छ। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापीका सिर्जना धमलाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण माधव शर्मा पण्डितले गर्नु भएको थियो।

