
Rsbus
Gsbus
Gsbus
Ksbus
Gms
Ssbus
Ksbus
Nssbush
Lsbus
Ssbus
Gis
Gss
Ksbus
ebg
Bsbus
Ssbus
Gis
Ksbus
Gis
bpmhl

Tsm
Bbbpu
Pvg
Sbs
Ksm
Sls
Asm
Ggd
nsb
Rgu
Wsp
Rgu
Bbu
Ssm
Gst
Rsb
Hal
Rgs
Vor

Mks
sab
Jmb
Gsb
Rmb
Syp
Pls
Abd
Ptm
Bml
bbt
Rpp
Jmb
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालले चारै खेल जितेको छ ।
मंगलबार कीर्तिपुरस्थित टियु मैदानमा भएको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेल ९५ बलमा अविजित रहे । १०१ बल खेलेका रोहितले ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै, करण केसी ३७ बलमा ३१ रनसहित अविजित रहे । यस्तै ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा आशिफ शेख १२ रनमा पेभिलियन फर्किए ।
स्कटल्याण्डका मार्क वाटले तीन विकेट लिँदा क्रिस ग्रिभ्सले दुई तथा सफ्यान सरिफ, माइकल लिस्क र ब्रेन्डन एमसीमुलेनले एक–एक विकेट लिए । त्यस अघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै २१२ रन जोड्यो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले ५० बलमा ६० रन, म्याथ्यु क्रसले ६३ मा ४२, ब्रान्डन एमसीमुलेनले ४८ बलमा ३१ रन जोडे । यस्तै, क्रिस्टोफर एमसीब्राइडले ३० बलमा २२ रन जोड्दा किले कोएट्जरले २३ बलमा २२ रन बनाए ।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले चार, करण केसीले तीन तथा कुशल मल्ल र ललित राजवंशीले एक–एक विकेट लिए । यस्तै, स्कटल्याण्डका म्याथ्यु क्रस रनआउट हुन पुगे । उनलाई दिपेन्द्र सिंह ऐरीले आउट पारे । दिपेन्द्रले ‘डाइरेक्ट हिट’ पार्दै क्रसलाई आउट पारेका हुन् ।
२०१९ देखि सुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भुमीमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको नेपाल आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमै पहिलो पटक लगातार चार खेल जित्न सफल रह्यो । अर्कोतर्फ नेपाल विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली समेत बनेको छ । Newspolar
