
ebg
Gis
Gss
Gsl
Rsbus
Lsbus
Ksbus
Gsbus
Gis
Gis
Gsbus
Ksbus
Ksbus
Ssbus
bpmhl
Pbu
Ssbus
Gsbus
Lsbus
Ses

Hal
Asm
Bbu
Vor
Rgu
Pvg
Ggd
Gst
Ssm
Rsb
Sbs
Wsp
Bbbpu
Tsm
nsb
Ksm
Sls
Rgu
Rgs

Rmb
bbt
Rpp
Bml
Abd
Jmb
Jmb
Gsb
Ptm
Pls
Mks
Syp
sab
दाङ । राजपुर गाउँपालिकाको समन्वय तथा साधारण नमुना मावि सालभौरीको आयोजनामा संचालित प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे समापन कार्यक्रम सम्पन्न भएको छ ।
यहीँ फाल्गुन १ गतेबाट शुरु भएको उक्त प्रतियोगिता बिहीबार समापन गरिएको हो । “एकताबद्ध देश खेलकुदको सन्देश” मुल नाराका साथ संचालित उक्त प्रतियोगितामा पालिका भित्रका १० वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो ।प्रतियोगितामा सहभागी भएर उत्कृष्ठता हासिल गर्ने सम्पुर्ण खेलाडि तथा सहभागी विद्यालहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । सहभागि विद्यालयहरुलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट छात्रछात्राहरुलाई प्रमाणपत्र , ट्रफी र मेडल प्रदान गरिएको थियो ।
खेलकुदकाे उपाधी साधारण नमुना माविले जित्न सफल भएको छ। साधारण नमुना मावि गंगदी १० स्वर्णपदक ल्याई प्रथम,जनज्योति मावि मटेरिया ६ स्वर्णपदक ल्याई द्वितीय र मावि सिक्टा ४ स्वर्णपदक ल्याई तृतीय हात पार्न सफल भएका छन् । यसरी पुरस्कृत हुनेहरुमा एक सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ मावि सिक्टा प्रथम, मावि खाङ्गग्रानाका द्वितीय र मावि भौवानाकाले तृतीय स्थान हासिल गरेकाे भने छात्र तर्फ मावि खाङ्ग्रानाका प्रथम र जनज्योति मावि मटेरिया द्वितीय भएका छन्।
त्यस्तै दुई सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ साधारण नमुना मावि गंगदी प्रथम, शंकर मावि खरदरिया द्वितीय र आवि गुरुङखोला तृतीय भएका छन् भने छात्र तर्फ साधारण नमुना मावि गंगदी प्रथम , शंकर मावि खरदरिया द्वितीय र भौवनाका तृतीय भएका छन्। यसैगरी चार सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ साधारण नमुना मावि गंगदी मावि प्रथम, मावि जनज्योति मावि मटेरिया द्वितीय र मावि खाङ्ग्रानाकाले तृतीय स्थान हासिल गरेकाे भने छात्र तर्फ मावि गंगदी प्रथम, मावि भौवानका द्वितीय र शंकर मावि खरदरिया तृतिय भएका छन्।
आठ सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फबाट श्री जनज्योति मावि मटेरिया प्रथम , मावि सिक्टा द्वितीय र मावि खाङ्ग्रनाका तृतीय भएको छ भने छात्र तर्फ मावि दुलैया प्रथम, नमुना मावि गंगदी द्वितीय र मावि सिक्टा तृतीय भएका छन्। पन्ध्र सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ जनज्योति मावि मटेरिया प्रथम , मावि खरदरिया द्वितीय र मावि भैंसाहीनाका तृतीय भएका छन् भने छात्रा तर्फ मावि सिक्टा प्रथम, शंकर मावि खरदरिया द्वितीय र साधारण नमुना मावि गंगदी तृतीय भएका छन्।
त्यस्तै तिन हजार दौड प्रतियोगितामा छात्रा तर्फ मावि दुलैया प्रथम, मावि सिक्टा द्वितीय र मावि खरदरीया तृतीय भएका छन् भने छात्र तर्फ मावि दुलैया प्रथम , जनज्योति मावि मटेरिया द्वितीय र मावि सिक्टा तृतीय भएका छन्। लङजम्प प्रतियोगितामा छात्रा तर्फ जनज्योति मावि मटेरिया प्रथम, मावि खांग्रानाका द्वितीय र मावि सिक्टा तृतीय भएका छन् भने छात्र तर्फ साधारण नमुना मावि गंगदी प्रथम,जनज्योति मावि मटेरिया द्वितीय र मावि खङ्ग्रानाका तृतीय भएको छ।
हाइजम्प छात्र तर्फ मावि खाङ्ग्रानाका प्रथम , शंकर मावि खरदरिया द्वितीय र मावि सिक्टा तृतीय भएको छ भने छात्र तर्फ मावि खाङ्ग्रानाका प्रथम, जनज्योति मावि मटेरिया द्वितीय र साधारण नमुना मावि गंगदी तृतीय भएको छ। त्रिपल जम्प प्रतियोगीतामा छात्र तर्फ जनज्योति मावि मटेरिया प्रथम, मावि सिक्टा द्वितीय भएका छन् भने छात्रा तर्फ साधारण नमुना मावि गंगदी प्रथम र जनज्योति मावि मटेरिया द्वितीय भएका छन्।
सटफुट प्रतियोगितामा छात्रा तर्फ भौवनाका प्रथम, मावि सिक्टा द्वितीय र साधारण नमुना मावि गंगदी तृतीय भएको छ भने छात्र तर्फ जनज्योति मावि मटेरिया प्रथम, साधारण नमुना मावि गंगदी द्वितीय र मावि दुलैया तृतिय भएको छ। ज्याबलिङ थ्राे प्रतियोगितामा छात्र तर्फ जनज्योति मावि मटेरिया प्रथम , आधारभूत गुरुङखोला द्वितीय भएका छन् भने छात्रा तर्फ मावि भौवानाका प्रथम,साधारण नमुना मावि गंगदी द्वितीय र मावि खाङ्ग्रानाका तृतीय भएका छन्।
त्यस्तै १००×४ मिटर रिले दौड प्रतियोगितामा छात्रा तर्फ मावि सिक्टा प्रथम,जनज्योति मावि मटेरिया द्वितिय र शंकर मावि खरदरिया तृतिय भएका छन् भने छात्र तर्फ साधारण नमुना मावि गंगदी प्रथम, मावि खाङ्ग्रानाका द्वितिय र जनज्योति मावि मटेरिया तृतिय भएका छन्। यस्तै ४००×४ मिटर रिले दौड प्रतियोगितामा छात्रा तर्फ मावि सिक्टा प्रथम, साधारण नमुना मावि गंगदी द्वितिय र शंकर मावि खरदरिया तृतिय भएका छन् भने छात्र तर्फ शंकर मावि खरदरिया प्रथम, द्वितिय र तृतिय भएका छन्।
त्यस्तै कबड्डी प्रतियोगितामा छात्रा तर्फ साधारण नमुना मावि गंगदी प्रथम, मावि सिक्टा द्वितिय, मावि दुलैया र शंकर मावि खरदरिया तृतिय भएका छन् भने छात्र तर्फ साधारण नमुना मावि गंगदी प्रथम, शंकर मावि खरदरिया, द्वितिय जनज्योति मावि माटेरिया र मावि दुलैया तृतिय भएका छन्।
भलिबल खेलकुद प्रतियोगितामा छात्र तर्फ शिव शक्ति मावि भौवनाका प्रथम,जनज्योति मावि मटेरिया द्वितिय,बालकल्याण मावि खाङ्ग्रानाका र मावि सिक्टा तृतिय भएका छन् भने छात्रा तर्फ शिव शक्ति मावि भौवानाका प्रथम, बाल कल्याण मावि खाङ्ग्रानाका द्वितिय,जनज्योति मावि मटेरिया र साधारण नमुना मावि गंगदी तृतिय भएका छन्।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा संचालित सम्पुर्ण खेलहरुमा छात्र-छात्राको अलग-अलग प्रतिस्पर्धा गराईएको थियो। प्रतियोगितामा छात्रतर्फ दौड १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर, रिले ४ ×४०० मिटर रिले , छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर रिले, ४×४०० मिटर रिले रहेका थिए । उफ्रने र फ्याँक्ने ( फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्यावलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड, छात्रा हाइजम्प लङजम्प, त्रिपल जम्प ज्यावलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड लगाएतका खेलहरु रहेको थियो।
