
Rgp
Msbus
Ggp
Asbus
Lnp
Ggp
Ksbus
Ksbus
Sdc

दाङ । राजपुर गाउँपालिकाले अग्नि पीडितलाई तत्काल राहात उपलब्ध गराएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ४ सत्यदेउ यादवको घर गत २९ गते राती एक्कासी आगलागी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ८ लाख बराबरको नोक्सान भएको प्रहरीको भनाई छ । घरमा रहेका लत्ता कपडा भाँडाकुडा अन्नबाली सबै जलेर नष्ट भएको पीडित यादवले जानकारी दिनु भयो ।
तिनै अग्नि पीडितलाई गाउँपालिकाले खाद्यान्न सहयोग गरेको छ । २ बोरा चामल, चिउरा, ४ किलो दाल,२ लिटर तेल सहयोग गरेको हो । आगलागीबाट बस्ने बास नै उजाडिएपछि तत्काललाई सान्त्वना स्वरुप राहात सहयोग गरिएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले बताउनु भयो ।
त्यस्तै पीडित परिवारलाई मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स परियोजनाले पनि त्रिपाल सहयोग गरेको छ । २ वटा त्रिपाल, २ वटा म्याट,बाल्टी,किड सहयोग गरिएको मानव कल्याण राजपुरका प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिनु भयो ।
उक्त राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शरद बुढाथोकी,उपध्यक्ष धनपती देवि यादव, वडाध्यक्ष रामेश्वर यादव,मानव कल्याणका प्रमुख राजेन्द्र अधिकारी लगायतले बिहिवार बिहान पीडितको घरमा राहात लिएर जानू भएको थियो ।
