
Ksm
mbd
Pbu
gst
Anm
Rbs
Gmk
Mbdvs
Gisld
Sds

Ksm
Ggd
Rsb
nsb
Ssm
Wsp
Tsm
Vor
Bbu
Asm
Rgu
Rgu
Sls
Hal
Bbbpu
Gst
Pvg
Sbs
Rgs

Rpp
Jmb
Bml
Abd
sab
Pls
Ptm
Rmb
Mks
bbt
Syp
Gsb
Jmb
प्युठान । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले नमुना कृषि फर्म स्थापनाका लागि आवश्यक प्रकृया अगाडि बढाउने बताएका छन् ।
आइतबार दाङको भालुबाङ स्थित पुरानो बजारमा रहेको मन्त्रालयमा सपथपछि पदभार ग्रहण गर्दै शर्माले बजारको माग अनुसार प्रदेशको सम्भाव्य वाली बस्तुका विभिन्न जातहरुको पहिचानसहित अध्ययन परिक्षण र त्यसको प्रसारको लागि लुम्बिनी प्रदेशका नमुना कृषि फर्म स्थापनाका लागि आवश्यक प्रकृया अगाडि बढाउने निर्णय गरेका हुन् ।
मन्त्रालय मातहतका कार्यालयबाट गरिने विभिन्न कार्यक्रम तथा बैठकहरुमा संभव भएसम्म स्थानीय उत्पादनबाट तयार भएका खाजा र खानाको प्रयोग गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । प्यूठान क्षेत्र १ का सांसद शर्माले आईतबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
