
Sssbus1
tssbus
ssbus
Bs1
Ssbus
Pbu
Ssbus
Sssbus1
Ssbus
nsm
Gsl

Rsb
Rgu
Rgs
Asm
Ggd
Pvg
Rgu
Sls
Ksm
Bbu
Tsm
Sbs
nsb
Vor
Bbbpu
Ssm
Hal
Gst
Wsp

Jmb
Gsb
Jmb
Mks
Rpp
Bml
sab
Ptm
bbt
Syp
Abd
Pls
Rmb
आश्विन ७ गते,बुधबार-दाङ । कोरोना भाइरस कोभिड–१९ का कारण बिद्यार्थीहरुको पढाई चौपट भएपछि गढवा गाउँपालिका सबैजसो सामुदायिक बिद्यालयहरुले गाउँ–गाउँमा शिक्षक पठाएर टोल–टोलमा पढाई सुरु गरेका छन् ।
गत भदौ ३१ का दिन गाउँपालिकाको शिक्षाशाखाले सबै समुदायिक बिद्यालयका प्रधानाध्यापकहरुलाई एकै थलोमा जुटाएर सामुहिक बैठकको निर्णय बमोजिम यस्तो अभ्यासको सुरुवात गरेको गढवा गाउँपालिका शिक्षाशाखाका प्रमुख श्याम बि.क.ले जानकारी दिनुभयो । उहाँका अनुसार गढवा गाउँपालिकाका कुल २९ वटै बिद्यालयहरुले यस्तो अभियानका साथ पठन–पाठन संचालन गर्न थालेका छन् ।
गढवाको जनता माबिले ९ वटा केन्द्र बनाएर सबै तहका शिक्षकहरु परिचालन गरि ४ घण्टा पढाई संचालन गरेको बिद्यालयका प्रधानाध्यापक रामसुरत यादवले जानकारी दिनु भएको हो । जस अनुसार कान्छीगाउँ, मनिकापुर, प्रनाहा, कुमालगाउँ, क्याम्पसडाँडा, चन्दनपुर, मानपुर, आँटीपाकर, घोराहा, बालाखुटी चौर गरि ९ वटा केन्द्रमा पढाई संचालन गरेको पाइएको छ ।
त्यस्तै जनता माबि कालाकाटेले जुरौनी बालउद्यान, कालाकाटे र वनबारी गरि ३ वटा केन्द्रहरु बनाएर पढाई संचालन गरेको प्रधानाध्यापक मुक्तिप्रसाद शर्माले जानकारी दिनु भएको छ । शिक्षकहरुलाई वार अनुसार रोटेशन गराई पठन–पाठन संञ्चालन गरिएको र उत्साहपुर्वक बिद्यार्थीहरु आइरहेको उहाँले बताउनु भयो । यसै गरि सरस्वती माध्यमिक बिद्यालय गोबरडिहाले कुल ५ वटा केन्द्र र केन्द्र अन्तर्गत थप उपकेन्द्रहरु समेत बनाएर बिद्यार्थीहरुलाई पढाइरहेको सो बिद्यालयका प्रअ सुर्यप्रकाश बर्माले जानकारी दिनु भयो ।
त्यसैगरी दिपेन्द्र होमजुन माबि पर्सेनीले पनि बिद्यालय नजिकैको चौतारो,पर्सा र परस्पुरमा केन्द्र बनाएर बिद्यार्थीहरु पढाई रहेको प्रअ लालबहादुर भण्डारीले बताउनु भयो । यता माबि चैनपुरले मगहर,चैनपुर, लोखरपुर र लालपुर गरि ४ वटा केन्द्रमा पढाउन सुरु गरेको प्रअ बिष्णुप्रसाद कुमाल चौधरीले जानकारी दिनु भएको छ ।
माध्यमिक बिद्यालयहरुले मात्र होइन प्राबि र आधारभूत बिद्यालयहरुले पनि यहि तरिकाबाट गाउँगाउँमा शिक्षक पठाएर टोल–टोलमा पढाई सुरु गरेको पाइएको छ । गढवाको बालकल्याण आधारभूत बिद्यालय र मनिकापुर स्थित दुर्गा आधारभूत बिद्यालय लगायत अन्य बिद्यालयहरुले पनि यसरी नै बिद्यार्थीहरुको पठन–पाटन संचालन गर्नथालेको पाइएको हो । दुर्गा आधारभूत बिद्यालयले ९ वटा केन्द्रमा पढाइ संचालन गरेको छ । जसमध्ये मदपुर, मनिकापुर, सिमलखुटी, लाहुरेटोल, अत्तरबेदुवा, दंगालटोल, हुलाकि टोल र बनघुस्री लगायतका गाउँहरुमा शिक्षकहरु खटाएर पढाई संचालन गरेको प्रअ मन्सराम चौधरीले जानकारी दिनु भएको
हो । सै बिच मंगलबार गढवा गाउँपालिकाको शिक्षा शाखाले गाउँ,गाउँमा हुन थालेको पठन-पाठनको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनको क्रममा बिद्यार्थीहरु पढ्नका लागि आत्तिएकोले पनि जाँगरका साथ उपस्थित हुने गरेको पाइएको शिक्षा शाखाले जनाएको छ । सो क्रममा सामाजिक दुरी कायम गरि मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्री प्रयोग गरेर आउन बिद्यार्थीहरुलाई निर्देशन दिएको शिक्षा शाखाले जनाएको छ । गाउँटोलमा रोटेशन बनाएर पढाउने काम शिक्षकहरुका लागि बढ्ता जोखिम हुने र पढाई पनि प्रभावकारी नहुने भएकोले जोड बिजोड वा प्रावि,आधारभूत र माबि स्तरलाई फरक ,फरक दिनको रोटेशन बनाएर पढाउन थप उपयोगि हुने भएको कतिपय शिक्षकहरुको धारणा रहेको छ ।
