
Ksbus
Rgp
Asbus
Ggp
Sdc
Msbus
Lnp
Ksbus
Ggp


आश्विन ६ गते,मंगलबार-दाङ । देउखुरीको राजपुर गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बन्ध काम गर्ने व्यक्तिहरुका लागि क्षमता विकास दुई दिने कार्यशाला सोमबार सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष धनपती देवी यादवको विशेष अतिथिमा उद्घाटन भई सम्पन्न भएको कार्यशालामा सहभागी प्रशिक्षार्थिलाई प्रारम्भिक पढाई सम्बन्धि जानकारी शिक्षा समन्वय दाङका इकाई प्रमुख देवमणी चौधरी र राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम जिल्ला दाङका संयोजक हल्लुप्रसाद चौधरीले प्रशिक्षण दिनु भएको थियो ।
राजपुर शिक्षा शाखा प्रमुख केशव लम्सालको स्वागत मन्तव्यबाट संचालन भएर सम्पन्न भएको कार्यशालामा राजपुरको शैक्षिक स्थिति बारेमा शंकर माध्यमिक विद्यालयका प्रधानध्यापक अशोक प्रसाद यादव र राजपुर शिक्षा शाखा अधिकृत केशव लम्सालले जानकारी गराउनु भएको थियो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी लगायत वडा अध्यक्षहरुको सहभागीमा सम्पन्न भएको दुई दिने कार्यशालाको संचालन राजपुर शिक्षा शाखाका प्राविधिक साहयक कामना चौधरीले गर्नु भएको थियोे ।
अहिले कोभिड उन्नाइसले गर्दा जिल्ला प्रशासन कार्यालय दाङले दिएको निर्देशनको अधीनमा रहेर विशेष सामाजिक दुरी कायम गर्दै प्रशिक्षक सहितको १० जनाको सहभागीमा पहिलो चरणको कार्यशाला सम्पन्न भएको र मंगलबार देखि पुनः दोस्रो चरणको कार्यशाला संचालन हुने शाखा अधिकृत लम्सालले सिधापत्र संग बताउनु भएको हो ।
