
Asbus
Ggp
Sdc
Ggp
Rgp
Ksbus
Ksbus
Msbus
Lnp


दाङ । नेपाली काँग्रेसले’जनसम्पर्क समिति समन्वय बिभाग’ को टुङ्गो लगाएको छ ।
नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले सोमबार काँग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय बिभागको टुङ्गो लगाउनु भएको हो । नेपाली काँग्रेसको बिधान, २०१७ (संसोधन सहित) को धारा २५ (९) बमोजिम देश तथा बिदेशबाट ३४ जना सदस्य मनोनित हुनु भएको छ ।
मनोनित हुने सदस्य हरुमा क्रमश बिरेन्द्र कुमार माझी (मोरङ्ग), दिल बहादुर गुरुङ्ग (जर्मनी), प्रेमध्वज लामा (सिन्धुपाल्चोक), जानकीलाल बस्नेत (दाङ), कुल प्रसाद गुरुङ (हङकङ्ग), नरेन्द्र भाट (डडेलधुरा/कतार), साम्राज्य बिक्रम पाण्डे (कैलाली), तिलक बहादुर भण्डारी (रुकुम), पेमा निमा शेर्पा (अोखलढुङ्गा), भरत गुरुङ्ग (चितवन), मनोज मिश्र (धनुषा), सुरज नायक (अमेरिका), गिरिराज कुँवर (दक्षिण कोरिया), श्री सापकोटा (नुवाकोट), लवराज दाहाल (काठमाण्डौ), राम श्रेष्ठ (स्याङ्जा), नाचोङ गुरुङ (मनाङ), बिष्णु बहादुर रायमाझी (रुपन्देही) रहेका छन् ।
त्यस्तै, दिनामणी पाण्डे (अर्घाखाँची/भारत), कृष्ण सापकोटा (गुल्मी), चित्र बहादुर मल्ल (मुगु), दिलेन्द्र रावल (कञ्चनपुर), प्रज्ञान न्यौपाने (दाङ), भरत अर्याल (अमेरिका), जगदिश न्यौपाने (तनहुँ), मनोज भण्डारी (काठमाण्डौ), बद्री अर्याल (धादिङ), जगदिश पौडेल (स्याङ्जा), नन्दु पुनु नेपाली (पर्बत/हाल काठमाण्डौ), सन्तोष प्रसाद रिजाल (मलेसिया/पाँचथर), शेषकान्त पुरी (स्याङ्जा), जगदिश खान (नवलपुर), जीवन नेपाल (इलाम) र श्याम प्रसाद उप्रेती सहित ३४ जना सदस्यमा मनोनित भएका छन् ।
