आश्विन ५ गते,सोमबार दाङ । झुक्किएर नेपाली कांग्रेसमा प्रवेश गरेका कर्याकर्ता पुन नेकपामा फर्किएका छन् । गत असोज ३ गते दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ हर्षेडाँडामा नेपाली कांग्रेस राप्ती गाउँपालिकाले २ नम्बर वडाका विभिन्न टोलबस्तीका १९ जना नेकपाका कार्यकर्तालाई चियापान तथा भेटघाट कार्यक्रम छ भनि झुक्याएर नेपाली कांग्रेसको रसिद थमाएर कांग्रेसमा प्रवेश गराएको उनीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसका साथीहरूले हर्षेडाँडामा चियापान तथा भेटघाट कार्यक्रम छ भनि बोलाए पश्चात् हामी सवैलाई कार्यक्रममा उपस्थित गराइयो र पार्टीको सदस्यता लिनुपर्छ भनि अाग्रह अनुरोध गरेपछि नबुझेर एउटा रसिद लिइएको छ । उक्त रसिद नेपाली कांग्रेसको पार्टी सदस्यता रहेछ विज्ञप्तिमा भनिएको छ । उनीहरूले नेपाली कांग्रेसको विचार र सिद्धान्त मेल नखाने हुँदा अाजको मिति देखि कांग्रेसमा प्रवेश गरेका हामी सवै नेपाली कांग्रेस पार्टी परित्याग गरि पुन नेकपामा फर्किएको विज्ञप्ति मार्फत सवैमा जानकारी गराएका छन् ।
यता नेपाली कांग्रेस राप्ती गाउँपालिकाका इकाई सभापति दुर्योधन पाण्डेले भने कोही कसैलाई झुक्याएर कार्यक्रममा नलगेको र जवरजस्ती पार्टी प्रवेश नगराएको दावी गर्नु भएको छ । नेपाली कांग्रेसमा प्रवेश गरेका नेकपाका कर्याकर्ता अाफु खुसी पार्टी प्रवेश गरेको बताउनु भएको हो ।