
Gms
Ksbus
Ksbus
Gsl
Gis
bpmhl
Lsbus
Gsbus
Gsbus
Gis
Nssbush
Ssbus
Bsbus
Ses
Ssbus
Lsbus
Gis
Gsbus
Rsbus
Pbu

Sls
Hal
Rgu
Ggd
Bbbpu
Gst
Tsm
Pvg
Bbu
Asm
Rsb
Rgu
nsb
Vor
Sbs
Rgs
Wsp
Ksm
Ssm

Jmb
Abd
Rpp
Bml
bbt
Rmb
sab
Jmb
Ptm
Gsb
Syp
Pls
Mks
दाङ । घोराहीमा लुम्विनी प्रदेशकै सर्वाधिक राशीको ‘दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा नेपाली कांग्रेस दाङको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।
घोराही स्थीत सहिद मंञ्चमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर डाँगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद कृष्णकिशोर घिमिरेले दाङको खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन। भलिबल प्रतियोगितामा जिल्लाका दश पालिकाका खेलाडीहरुको सहभागिता रहेको छ। उद्घाटन खेलमा बबई गाउँपालिका र गढवा गाउँपालिकाको टिमले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा साविक विजेता तुलसीपुर उपमहानगरपालिकालाई बबई गाउँपालिका टिमले ३–० को सोझो सेटमा हराएको छ । बबईले २५–१६, २५–१५ र २५–१८ को सोझो सेटमा जीत हासिल गरेको हो ।
त्यस्तै शुक्रवार भएको दोश्रो खेलमा गढवा गाउँपालिकाको टिमले राप्ती गाउँपालिकाको भलिवल टिमलाई ३–१ को सेटमा हराएको थियो । राप्ती गाउँपालिकाको टिमले पहिलो सेट जितेपनि त्यसपछिका खेल लगातार हारेपछि पराजित हुन पुगेको थियो । गढवाले २५–२३, २५–२७, १७–२५ र २३–२५ को सेटमा जित निकाल्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । आगामी २७ गतेसम्म संचालन हुने प्रतियोगिताका खेलहरु लिग कम नक आउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा साविक विजेता तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिका र समूह ‘बी’ मा साविक उपविजेता राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, दंगीशरण गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिबल टिमहरु रहेका छन् । प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शिल्ड, मेडल र प्रमाण जित्ने छ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुने टिमले ५६ हजार २ सय ५० र चौथो हुने टिमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगितामा प्रत्येक टिमहरुले दुई जना खेलाडीहरु बाहिर जिल्लाका राख्न पाउने व्यवस्था गरेको छ ।
कार्यक्रममा कांग्रेस जिल्ला पूर्व सभापति बीरकेशरी गौतम, महाधिवेशन सदस्य भोजराज पाण्डे, प्रदेश सभा सदस्य अनुराग खड्का, प्रदेश सभा सदस्य लोका बिक, क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नम्बर २ ख का सभापति अभियान बस्नेत, क्षेत्र १ ९ख० का सभापति दिनेश गिरी, नेपाली कांग्रेस घोराही उपमहानगर सभापति तिलक रावत, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । जिल्ला उपसभापति गिरीराज सुवेदीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन कुमार योगीले गरेका थिए।
