
Ggp
sbs
Unsku
Sgr
Lnp
Rgp
cjs
Pes
Pbu
Rgp1
pku
Srbpu
Gfs
Djs

Ssm
Rgs
Pvg
Ksm
Rgu
Vor
Ggd
Asm
Bbu
Gst
Rgu
Sls
Bbbpu
Tsm
Hal
Wsp
Rsb
nsb
Sbs

Pls
Gsb
sab
Abd
bbt
Bml
Ptm
Jmb
Jmb
Rmb
Mks
Rpp
Syp
दाङ । देउखुरीमा सवारी ज्यान मुद्दाका फरार २ जना पुरुष ८ वर्ष पछि पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ६ मझरिया बस्ने नारद कुमार चौधरी र सोही पालिकाको वडा नम्बर ८ पिपरी बस्ने पर्सुनाथ चौधरीलाई मंगलवार इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको हो । प्रहरी प्रमुख सुजनविक्रम शाहको कमाण्डमा खटिएको टोलीले लुकिछिपी घरमा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा प्रतिवादी नारद कुमार चौधरीलाई दाङ जिल्ला अदालतले २०७० माघ २९ गते र अर्का प्रतिवादी पर्सुनाथ चौधरीलाई २०७० माघ २३ गते कैदको सजाय तोकेको थियो । पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालतमा पेश गरि कैद भुक्तानको लागि जिल्ला कारागार घोराही दाङमा पठाईएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सुजनविक्रम शाहले जानकारी दिएका छन् ।
