
Lnp
Djs
Sgr
Ggp
Unsku
cjs
pku
Pes
Srbpu
Gfs
Pbu
Rgp
sbs
Rgp1

Sbs
Pvg
Sls
Wsp
Bbu
Ssm
Gst
Bbbpu
Rgs
Hal
Tsm
Ksm
Rgu
Rsb
Rgu
Vor
nsb
Ggd
Asm

Jmb
sab
Pls
Rpp
Mks
Gsb
Syp
bbt
Jmb
Ptm
Bml
Rmb
Abd
दाङ । रुपन्देहीको देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीको आयोजना, ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीले देवदह मदरटङ्गस एकेडेमीका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीका संयोजक श्रद्धा कुवरको अध्यक्षता र देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आथ्यितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै उपप्रमुख गुरुङ्गले सचेतना नहुँदा महिला हिंसा बढिरहेको बताउनु भयो । उहाँले यौन जन्य हिंसा न्यूनिकरण गर्न यस्ता तालिमले महत्वपूर्ण सहयोग गर्नेमा जोड दिनु भयो । उहाँले समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोले यौन हिंसा तथा साईवर क्राईम रोक्नको लागि विद्यालय तहबाट नै सचेतना कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । कार्यक्रममा साईवर क्राईमको बारेमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले विद्यार्थीहरुलाई सचेतना गराउनु भएको थियो ।
यसैगरी गुड टच व्याड टच सम्वन्धी डा. अनामिका वस्यालले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो । ईसा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले देवदह नगर कमिटीका ईन्चार्ज यम राना, देवदह मदरटङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग लगायतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।
