शिवराज खनाल/लमही शुक्रबार, माघ १३, २०७९

दाङ । पछिल्लो समय दाङमा ओभरलोड बोकेका सवारी साधन बढी गुड्न थालेका छन्।ओभरलोडका कारण सडकको अवस्था दयनिय बन्दै गएका छन ।

शुक्रबार बिहान राप्ती अञ्चल संयुक्त ट्रक यातायात समितिले ओभर लोड बोकेका र अनाधिकृत भाडाको सामाग्री बोकेको अबस्थामा मदेश प्र- ०३००१ क २३०६ र लु १ क ५३२० सवारी साधन लाई यातायात कार्यलयमा बुझाउने भएको छ । “समितिले ओभर लोड बोकेका र रातो प्लेटले अनाधिकृत भाडाका सामाग्री बोकेको अबस्थामा फेला पर्यो यी सवारी साधनलाई यातायात कार्यलयमा बुझाउने तयारीमा छौ -राप्ती अञ्चल संयुक्त ट्रक यातायात समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताउनु भयो । तेस्तै भारतीय नम्बर प्लेटका ट्रकका कारण ओभरलोड बोक्ने प्रवृत्ति बढेको छ ।

सिमेन्ट उद्योग र अन्य ठूला उद्योगका लागी चाहिने औद्योगीक सामाग्री, कच्चा पदार्थ भारतबाट सिधैं नेपाल ल्याउने गरिएको छ । यातायात सम्बन्धी प्रचलित कानुन अनुसार छ चक्के ट्रकले १० टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन भन्दा बढी भार बोक्न पाउँदैनन् । तर दाङमा भने क्षमता भन्दा दोब्बर भार बोक्ने गरेको भेटिएको छ । भार मिलानसम्बन्धी कार्यविधि २०७१ मा आयातित सामानको हकमा भारवहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सारले इजाजत दिनुपर्ने व्यवस्था छ । तोकिए बमोजिम बढी भारबहन गर्नुपर्ने सामग्रीको हकमा सम्बन्धित यातायात कार्यालयको स्वीकृतिमा मात्र भन्सारले ढुवानी इजाजत दिनुपर्ने तथा भार छुटाउन नसकिने उल्लेख छ । तर, यो नियम कार्यान्वयनमा बेबास्ता गरिँदै आएको छ ।

त्यस्तै ओभरलोड बोकेको सवारी साधनलाई प्रहरी, प्रशासनले प्रभावकारी रुपमा कारबाही गर्न नसकेको गुनासो छ । एका तर्फ ओभरलोडले बाटो अवस्था बिग्रदै गएको छ भने अर्को तर्फ रातो नम्बर प्लेटका निजि सवारी साधनले भाडाका सामाग्री बोकिदिदा नितान्त भाडाका सामाग्री बोक्ने भने सरकारले उपलब्ध गराएको कालो नम्बर प्लेटका सवारी साधन प्रत्यक्ष मारमा परेका छन । ओभरलोड र निजि सवारी साधनले भाडाका सामाग्री बोक्न निशेषध गरिएको छ । तर, मालबहाक सवारी साधनले निर्वाध रुपमा ओभरलोड र निजि सवारी साधनले भाडाका सामाग्री बोक्ने गरेका छन् । यस तर्फ सम्वन्धित निकाय जिम्मेवार हुनुपर्ने देखिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]