
Pbu
cjs
Pes
Rgp
Rgp1
Djs
Gfs
Lnp
sbs
pku
Ggp
Unsku
Srbpu
Sgr

Wsp
Hal
Ssm
nsb
Rgu
Pvg
Rgu
Asm
Ggd
Sbs
Tsm
Bbbpu
Gst
Sls
Rsb
Bbu
Ksm
Rgs
Vor

bbt
Mks
Syp
Abd
Rpp
Gsb
Jmb
sab
Ptm
Jmb
Rmb
Bml
Pls
दाङ । पछिल्लो समय दाङमा ओभरलोड बोकेका सवारी साधन बढी गुड्न थालेका छन्।ओभरलोडका कारण सडकको अवस्था दयनिय बन्दै गएका छन ।
शुक्रबार बिहान राप्ती अञ्चल संयुक्त ट्रक यातायात समितिले ओभर लोड बोकेका र अनाधिकृत भाडाको सामाग्री बोकेको अबस्थामा मदेश प्र- ०३००१ क २३०६ र लु १ क ५३२० सवारी साधन लाई यातायात कार्यलयमा बुझाउने भएको छ । “समितिले ओभर लोड बोकेका र रातो प्लेटले अनाधिकृत भाडाका सामाग्री बोकेको अबस्थामा फेला पर्यो यी सवारी साधनलाई यातायात कार्यलयमा बुझाउने तयारीमा छौ -राप्ती अञ्चल संयुक्त ट्रक यातायात समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताउनु भयो । तेस्तै भारतीय नम्बर प्लेटका ट्रकका कारण ओभरलोड बोक्ने प्रवृत्ति बढेको छ ।
सिमेन्ट उद्योग र अन्य ठूला उद्योगका लागी चाहिने औद्योगीक सामाग्री, कच्चा पदार्थ भारतबाट सिधैं नेपाल ल्याउने गरिएको छ । यातायात सम्बन्धी प्रचलित कानुन अनुसार छ चक्के ट्रकले १० टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन भन्दा बढी भार बोक्न पाउँदैनन् । तर दाङमा भने क्षमता भन्दा दोब्बर भार बोक्ने गरेको भेटिएको छ । भार मिलानसम्बन्धी कार्यविधि २०७१ मा आयातित सामानको हकमा भारवहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सारले इजाजत दिनुपर्ने व्यवस्था छ । तोकिए बमोजिम बढी भारबहन गर्नुपर्ने सामग्रीको हकमा सम्बन्धित यातायात कार्यालयको स्वीकृतिमा मात्र भन्सारले ढुवानी इजाजत दिनुपर्ने तथा भार छुटाउन नसकिने उल्लेख छ । तर, यो नियम कार्यान्वयनमा बेबास्ता गरिँदै आएको छ ।
त्यस्तै ओभरलोड बोकेको सवारी साधनलाई प्रहरी, प्रशासनले प्रभावकारी रुपमा कारबाही गर्न नसकेको गुनासो छ । एका तर्फ ओभरलोडले बाटो अवस्था बिग्रदै गएको छ भने अर्को तर्फ रातो नम्बर प्लेटका निजि सवारी साधनले भाडाका सामाग्री बोकिदिदा नितान्त भाडाका सामाग्री बोक्ने भने सरकारले उपलब्ध गराएको कालो नम्बर प्लेटका सवारी साधन प्रत्यक्ष मारमा परेका छन । ओभरलोड र निजि सवारी साधनले भाडाका सामाग्री बोक्न निशेषध गरिएको छ । तर, मालबहाक सवारी साधनले निर्वाध रुपमा ओभरलोड र निजि सवारी साधनले भाडाका सामाग्री बोक्ने गरेका छन् । यस तर्फ सम्वन्धित निकाय जिम्मेवार हुनुपर्ने देखिन्छ ।
