
Lnp
Pes
Rgp
Pbu
cjs
Rgp1
Gfs
pku
Djs
Unsku
Srbpu
Sgr
Ggp
sbs

Pvg
Asm
Bbu
Ksm
Vor
Wsp
Sbs
Ssm
Rsb
Gst
Hal
Rgu
Tsm
Ggd
Sls
nsb
Rgu
Bbbpu
Rgs

Jmb
Mks
Syp
Rmb
Rpp
Jmb
Bml
Pls
Gsb
Abd
Ptm
bbt
sab
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ परस्पुरमा रहेको मुनामिलन इङलिस बोर्डिङ स्कुलले बिद्याकि देवि सरस्वती पुजाको अवसर पारी आफ्नो १९ औं वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको छ ।
विद्यालयका प्रीन्सिपल मुबारक अलिको अध्यक्षता तथा नेसनल प्याब्सन लुम्बिनी प्रदेश सचिव एवम् फेमिली प्याराडाईज इङलिस बोर्डिङ स्कुलका प्रबन्धक टोपेन्द्र खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी खनालले शुभकामना मन्तव्य दिदै नेपाल सरकारको नीति नियमलाई पालना गर्दै अनुमती प्राप्त गरि संचालनमा रहेका सस्थागत विद्यालयको योगदानलाई राज्यले उच्च कदर गर्नु पर्ने बताउनुभयो । निजी लगानीमा संचालित रहेपनि संस्थागत विद्यालयहरुले शिक्षाको माध्यमबाट समग्र समुदायको परिवर्तनको पक्षमा काम गरिरहेको प्रष्ट पार्दै अभिभावक,शिक्षक तथा विद्यार्थीहरुलेपनि आफ्नो कर्तव्यलाई पुर्णरुपमा पालना गर्नुपर्ने लगायतका रचनात्मक तरिकाले सुझाव प्रदान गर्नु भएको थियो ।
विद्यालयकि शिक्षिका पुजा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथी बुद्ध ज्योती माध्यमिक विद्यालय गढवाका प्रीन्सिपल बसन्तराज भट्टराई,देउखुरी पुस्तक ब्यवसायी महासंघका अध्यक्ष कमल खड्का,विद्यालयका पुर्व प्रीन्सिपल डिलाराम यादव,बुद्धिजीवी जित बहादुर जिसि लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।
त्यस्तै कार्यक्रममा शैक्षिकसत्र २०७८ मा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका,विभिन्न प्रतियोगितामा बिजेता विद्यार्थी,अभिभावक तथा शिक्षक समेतलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयका प्रीन्सिपल मुबारक अलिले विद्यालयको वार्षिक प्रतिबेदन तथा भावी योजना प्रस्तुत गर्नु भएको थियो ।
सरस्वती पुजाको दिनलाई अवसर पारी राखिएको उक्त वार्षिक उत्सव कार्यक्रमको संचालन विद्यालयका सहायक प्रअ रमेश चौधरी र शिक्षिका निरमाया चौधरीले संयुक्तरुपमा गर्नु थियो ।
