
Ggp
Lnp
Pes
Rgp
Sgr
Rgp1
Gfs
Djs
pku
Srbpu
Pbu
Unsku
sbs
cjs

Rgs
Tsm
Vor
Hal
Ggd
Rgu
Bbbpu
Sls
Pvg
Sbs
Ksm
Asm
Bbu
Rsb
Ssm
Gst
Rgu
nsb
Wsp

Rmb
Pls
Ptm
Rpp
Abd
Syp
Jmb
sab
Mks
Jmb
Gsb
Bml
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेकाे भालुवाङ नगर विकास समितिको पहिलाे बैठक बिहीबार समितिको कार्यलय भालुवाङमा सम्पन्न भएको छ।
समितिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेकाे बैठकले विभिन्न सात वटा निर्णयहरु पारित गरेकाे छ । जस अन्तर्गत हनुमानगढी जग्गा एकिकरण आयोजनाको शहरी बिकास मन्त्रालको बाट स्वीकृत भएको नक्शा बमोजिम निकालिएका सड़क नाला र अन्य पुर्वाधारहरु प्राबिधिकको लागत इस्टिमेन्ट अनुसार टेन्डर प्रकृया वा उपभोक्ता समिती मार्फत कार्य अगाडि बढाउने,नगर विकास समितीको कार्य क्षेत्र भित्र पर्ने जग्गा तथा अन्य भौतिक पुर्वाधार विषयहरुमा बिबाद वा समस्या उत्पन्न भएमा त्यस लाई सहजिकरण गरी समाधान गर्नको लागि नगर विकास समितीकाे ऐन तथा अन्य कानुन सँग नबाझिने गरी आवश्यक निर्णयहरु कार्यान्वयन गर्नका लागिका तपराज आचार्यकाे संयोजकत्वमा कार्यालय प्रतिनिधी बिनाेद भुसाल सदस्य सचिव रहने गरि नगर विकास क्षेत्र भित्र कृयाशिल सम्पूर्ण राजनैतिक दलहरुका प्रतिनिधिहरु सदस्य रहने गरि विवाद समाधान उपसमिति गठन गर्ने,हालसम्म संचालन हुन नसकेको बसपार्कलाई छिट्टै संचालनमा ल्याउनका लागि केहि पुर्वाधार तयार पार्नुपर्ने भएकोले तत्काल प्रक्रिया अगाडि बढाउने र त्यसका लागि गेमे खडका संयोजक रहेकाे पाँच सदस्य कार्यदल गठन गरेकाे छ।जसकाे सदस्यहरूमा उमेश अधिकारी, बीजुला के.सी.,अशोक बेल्वासे र शिशिर कुमार जि.सी.रहनु भएको छ।
समितिको कार्य क्षेत्र भित्र रहेकाे बस पार्कलाई सञ्चालन ल्याउनका अवश्यक भाैतिक संरचना लागि संघिय सरकारकाे सहरी विकास मन्त्रालय र प्रदेशको साे मन्त्रालय हेर्ने कार्यलयमा सहयाेगकाे लागि अनुराेध गर्ने,कार्यालयमा कार्यरत कर्मचारीहरुको पदस्थापन र सेवा सुविधा शर्त तथा विनियम नियमावली सम्बन्धी विषयमा अध्ययन गरी पुन बैठकमा पेश गर्ने ,त्यस्तै बैठकले समितका पुर्व अध्यक्ष स्व.शान्तराज पन्थी (शर्मा) को निधन शाेक प्रस्ताव पारित गरेकाे छ।
त्यस्तै समितिका सदस्य सचिव तथा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलिले सहजीकरण गर्नु भएको उक्त बैठकमा समितिका सदस्यहरु गेमे बहादुर खड्का,उमेश अधिकारी,तपराज आचार्य,बिजुला केसि,जिल्ला समन्वय समितिका प्रतिनिधि द्रौपता चौधरी, सब-डिभिजन बन कार्यालय मसुरिया का सहायक बन अधिकृत बिनोद कुमार यादव ,मालपोत कार्यालय लमहीका प्रतिनिधि महेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियो।
