
Pbu
sbs
Srbpu
Sgr
Lnp
Pes
Rgp
Djs
Unsku
Gfs
Ggp
Rgp1
pku
cjs

Sbs
Rsb
Gst
Ggd
Bbbpu
Tsm
Rgu
Ksm
Rgs
Sls
Asm
Pvg
Rgu
Bbu
Ssm
Vor
Wsp
nsb
Hal

Rpp
Syp
Mks
Gsb
Pls
sab
Jmb
Bml
Abd
Jmb
Rmb
Ptm
bbt
दाङ । देउखुरीको लमहीमा छैठौं कृषि,पर्यटन तथा व्यापारी महोत्सव २०७९ भव्य साथ बिहीबार उद्घाटन भएको छ ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका माननीय मन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले बिग्रिदाे अर्थतन्त्रलाई सुधार गर्न सरकारले अथक प्रयास गरिरहेको बताउनु भएको छ ।
देशमा विभिन्न समस्याहरु जगरिएर आइरहेको अबस्था र २०७२ सालको महाभूकम्पले एकहतसम्म आर्थिक अबस्था नाजुक बनाएर आम नागरिकको टाउको उठाउन नपाउदै फेरि कोभिड -१९ ले थप दुई वर्षसम्म विश्व अर्थतन्त्र नै थला पर्न गएको र त्यसको सिकार नेपाल पनि परेको मन्त्री आचार्यले बताउनु भयो ।
कोरानाको कारणले गर्दा तरल अवस्थामा अघि बढेको अर्थतन्त्रलाई विशेष सुधार गर्न सरकार अहिले अघि बढेको र आर्थिक सूचकहरु सुधारोन्मुख नहुँदासम्म आशा गर्ने ठाउँ नरहेको बताउनु भयो । उद्योगी व्यवसायसीलाई प्रोत्साहन गर्न नसके आर्थिक समृद्धि हाँसिल गर्न नसकिने बताउनु भयो ।
प्रमुख अतिथि समेत रहनु भएका मन्त्री आचार्यले देउखरीमा प्रदेश राजधानी आएसँगै यो क्षेत्रको विकासले गति लिने बताउँदै विकसित राजधानी अभियानमा लुम्बिनी प्रदेश सरकार अघि बढेको हुँदा राजधानी व्यवस्थापनका लागि सबैले साथ सहयोग गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जम्शेर अलि मियाँले देशका युवायुवतीलाई विभिन्न सिपमुलक तालिम दिनु पर्ने बताउनु भएको छ ।
अहिले देशका धेरै युवायुवतीहरु बिदेश पलायन भएर देशको अर्थतन्त्र रेमिटेन्सबाट चलिरहेको अबस्था छ त्यसैले अब स्थानीय सरकारका प्रमुख जनप्रतिनिधिले सीपमूलक तालिमको व्यवस्था गरेर पालिका भित्रका युवायुवतीहरुलाई विभिन्न सीपमूलक प्रशिक्षण दिन आग्रह गर्नु भयो ।
उहाँले आफ्नै कपिलवस्तुमा रहेको एक सिमेन्ट उद्योगको उदाहरण दिदै भन्नु भयो-आज देशमा राम्रो सीप सिकेका युवायुवती नहुँदा उद्योग संचालन गर्नका लागि भारतबाट ४० देखि ४५% जनशक्ति ल्याउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।
त्यस्तै उहाँले देउखुरीको समग्र विकास गर्नको लागि स्थानीय सरकारलाई स्थानीय पत्रकारहरुलाई परिचालन गरेर यहाँका हरेक सम्भावना बोकेका र अहिले ओझेलमा परेका विभिन्न पर्यटकीय स्थलको व्यापक प्रचारप्रसारको लागि खटाउन सुझाव दिनु भयो ।
अर्थतन्त्र शिथिल हुँदा व्यवासायी धरासाय बन्दै गएको बताउदै उहाँले चर्को व्याचदरले व्यवसायी मारमा परेको र आत्महत्या सम्मको स्थिति सिर्जना भएकोले त्यस तर्फ लुम्बिनी प्रदेशको सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन मन्त्री आचार्यलाई आग्रह गर्नु भयो । देउखुरी अन्नको भण्डार भए पनि किसानले समयमा बिउ,मलखाद नपाउने र बजारको समस्या भएकोले किसानका समस्या सम्मोधन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । साथै बजारीकरणका लागि उद्योग वाणिज्य संघ जतिबेला पनि तयार रहेको सदस्य मियाँले बताउनु भयो ।
देउखुरी उघोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चाैधरी,लुम्बिनी प्रदेशका निर्वतमान प्रदेश सभा सदस्य रेवतीरमण शर्मा,लमही नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर केसी,नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी नेकपा एकीकृत समाज वादीका पार्टीका क्षेत्रीय सचिव शशिराम नेपाली,राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य देवराज पाठक,नेकपा माओवादी केन्द्र लमही नगर कमिटीका अध्यक्ष:डिलकुमार कुमार श्रेष्ठ, थारु कल्याणकारीणि क्षेत्रीय क्षेत्र नम्बर १ का सभापति प्रकाश कुमार चौधरी,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, चेम्बर अफ कमर्शका अध्यक्ष शितल भुसाल,होटल व्यवसायी संघका केन्द्रीय सदस्य नारायण भुसाल लगायतका वक्ताहरुले शुभकामाना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
महोत्सव उद्घाटनका दिन उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समुहलाई पुरस्कृत समेत गरिएको थियो । जस अनुसार प्रथम हुने कुमाल समाज दाङलाई नगद १५ हजार नगद र प्रमाणपत्र, दोस्रो हुने नेपाल मगर सांस्कृतिक संघलाई नगद १० हजार र प्रमाणपत्र, तेस्रो हुने नेवा दवु लमहीलाई नगद ७ हजार ५ सय नगद सहित प्रमाणपत्र, र सान्त्वना हुने खीम बहादुर शाह माध्यामिक विद्यालयलाई नगद २ हजार ५ सय पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ भने विभिन्न स्थान बाट झाँकी जुलुसमा सहभागी भएका चौध वटा समुहलाई पांच हजार रुपैयाँ नगद प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिनु भएको छ ।
महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापारसंग सम्बन्धित करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहेका छन् । जस अन्तर्गत १५ – २० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५ – ३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहेको अध्यक्ष खनालले जानकारी दिनु भयो ।
त्यस्तै शुक्रबार दोस्रो दिन महोत्सवमा आउने कलाकार विन्दु परियार,चन्द्र शर्मा,मञ्जु भट्टराई र अनुप बुढा मगर लगायतका स्थानिय कलाकारहरुकाे बेजोड प्रस्तुति रहने कार्यक्रम तय भएको आयोजक टिमका भिम भुसालले जानकारी दिनु भयो । महोत्सवमा प्रवेशका लागि एक सय रुपैया प्रवेश शुल्क र विद्यार्थिलाई ८० रुपैँया टिकट दर राखिएको बताइएको छ ।
महोत्सवमा राष्ट्रि यस्तरका चर्चित कलाकार प्रकाश सपुत,बद्रि पंगेनी,प्रमोद खरेल,रामजी खाँड,पशुपति शर्मा,मेलिन राई,प्रिति आले,रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने आयोजकले बताएको छ । महोत्सव माघ १२ गतेदेखि २५ गतेसम्म चल्नेछ । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष,देउखुरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रत्नप्रसाद श्रेष्ठ,लगायत अन्य विशेष व्यक्तित्वको उपस्थिति रहेको उक्त महोत्सवको औपचारिक कार्यक्रमको संचालन संघका कोषाध्यक्ष जागेश्वर बश्यालले गर्नु भएको थियो । 
