
pku
Pes
Unsku
Rgp
Gfs
Ggp
sbs
cjs
Rgp1
Pbu
Sgr
Djs
Srbpu
Lnp

Ssm
Ggd
Rgs
Vor
Ksm
Bbu
Rgu
Wsp
Rgu
Gst
Pvg
Tsm
Sls
Hal
Sbs
Bbbpu
Rsb
nsb
Asm

Abd
Bml
Rpp
sab
Gsb
Syp
Ptm
Jmb
Mks
Jmb
Pls
Rmb
bbt
रुपन्देही । देवदह नगरपालिका वडा नं ७ ले टोल स्तरीय बाल संजाल गठन गरेको छ । देवदह नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने मुख्य अभिप्रायका साथ वडा नं ७ को विभिन्न टोलमा रहेका बालबालिकाहरुको भेलाबाट टोल स्तरीय बाल संजाल गठन गरिएको हो ।
भेलाबाट मदनग्राम टोलको बाल संजालको अध्यक्षमा आदित्य परियार निर्विरोध चयन भएका छन् । जस्को उपाध्यक्षमा वर्षा पौडेल,सचिबमा रोसनी परियार,कोषाध्यक्षमा संकित परियार र सह-सचिबमा दिपेश गिरी चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा आशिका न्यौपाने, निश्मा सुनार, सुमित विक, हरिष उपाध्याय, सन्तोष घिमिरे, सपना मगर, सुसान्त न्यौपाने, अञ्जली मगर, पुष्पा विक, समीर पौडेल, दिना क्षेत्री, अनुप बस्याल, प्रीन्स केसी र प्रकृति खरेल चयन भएका छन्।
संगसंगै देवदह ७ ले शित्तलनगर, प्रगतिनगर, बुद्धकोलोनी र बुद्ध मावली टोलको संयुक्त रुपमा स्मारिका सारुको अध्यक्षता मा २१ सदस्यीय टोल बाल संजाल गठन गरेको छ। जस्को उपाध्यक्षमा संस्कृति सापकोटा, सचिबमा समृद्धि खराल, कोषाध्यक्षमा अनुज भण्डारी र सह-सचिवमा एमन थापा चयन भएका छन्। सदस्यहरुमा उज्ज्वल न्यौपाने, आरुष खरेल, स्मृति ढकाल, निमिसा अर्याल, प्रकृति आचार्य, ऐश्वर्या ज्ञवाली, श्रेया पाठक, आरुस खरेल, मान्यता थापा, सगुन पैयानी, सोनिया पराजुली, रिवाज अर्याल, समृद्धि खराल, स्मारिका ढकाल, सरोज पाण्डेय र स्मृति पाण्डेय चयन भएका छन्।
वडा बाल संजालको अध्यक्ष कृष्टिना न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ को अध्यक्ष कृष्ण अधिकारीको प्रमुख अतिथ्यता, नेपाल बाल संगठन जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई, स्थानियबासी लगाएतको उपस्थिति रहेको थियो।
