आलोक भावुक/गढवा बिहिबार, माघ १२, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिकाले भूमिहिन सुकुम्वासीलाई दिने भनिएको जग्गा नाप-जाँचको प्रक्रिया अगाडी बढाउने भएको छ ।

पालिका भित्रका वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिसकेकाले अब नाप-जाँचको कार्य सुरु गर्ने पालिकाले जनाएको छ । पालिकामा रहेका ३ सय २१ भूमिहिन दलित,११ सय भूमिहिन सुकुम्बासी र ६ हजार बढी अव्यवस्थित बसोबासी गरी ७ हजार ७ सय ५५ जनाको तथ्याङक प्रविष्ट भइसकेकोले अब नापजाँचको कार्य अगाडी बढाउने तयारी भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण (शर्मा) पोख्रेलले जानकारी गराउनु भयो ।राष्ट्रिय भूमि आयोग दाङका पदाधिकारी र गाउँ कार्यपालिकाको बीच बुधवार गढवामा भएको अन्तक्रिया नाप-जाँचको कार्य अगाडी बढाउने सहमति भएको हो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण (शर्मा) पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज सिंहले आयोगले विगतका अधुरा कार्यका फाइलहरु अध्ययन गरिरहेको बताउनुभयो ।

निस्सा वितरण भैसकेका र तथ्याङक प्रविष्ट गरिसकेको पालिकाम नाप-जाँचको कार्य अगाडी बढाउने र छिटो भन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पुर्याउने गरी आयोग अगाडी बढेको बताउनु भयो । नाप-जाँचको कार्य अगाडी बढाउनका लागि ७ दिने र १५ दिने सुचना जारी कार्य अगाडी बढाउन समेत आग्रह गर्नु भयो । मुक्त कमैयाहरुको सवालमा आयोगले केही नगर्ने र यसको लागि छुट्टै कार्यदलले हेर्ने छ उहाँले भन्नुभयो –अव सवै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकोले जग्गाको वर्गीकरण देखी सार्वजनिक जग्गाको संरक्षणको जिम्मा समेत पालिकालाई रहेको छ ।

कार्यक्रममा आयोगका विज्ञ सदस्य लक्ष्मी चौधरी, सदस्यहरु गोविन्द रेग्मी, कमला जिसी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, लमही नापी कार्यालयका सर्वेक्षक विजयराज जोशी,कार्यपालिका सदस्यहरु,कर्मचारीहरुको उपस्थिति रहेको थियो । पालिकाको भूमिहिन सुकुम्बासीको अवस्थावारे पालिकाका भूमि सेवा केन्द्र प्रमुख संजिव पौडेलले जानकारी गराउनुभएको थियो । यसभन्दा पहिले पालिकाले ८ सय १५ घरधुरीको ९ सय २४ कित्ता जग्ग्गा नाप-जाँचको कार्य सम्पन्न गरिसकेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]