
tssbus
Gsl
Sssbus1
Bs1
ssbus
Ssbus
nsm
Pbu
Sssbus1
Ssbus
Ssbus

Wsp
Rgu
Rgs
Tsm
Hal
Asm
nsb
Sls
Pvg
Gst
Ksm
Vor
Rgu
Ssm
Sbs
Bbbpu
Bbu
Ggd
Rsb

Abd
Bml
Rmb
sab
Jmb
bbt
Gsb
Ptm
Jmb
Mks
Syp
Pls
Rpp
आश्विन-२ गते,शुक्रबार-बुटवल । प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
बैठकले भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुम पूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।बैठकले शवबहान खरिदका लागि प्रदेशका विभिन्न ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । शवबहानका लागि रकम पाउने पालिकाहरुमा प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धीखर्क नगरपालिका र रामग्राम नगरपालिका छन् ।
बैठकले गुल्मीको रेसुङगा नगरपालिका र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिस पठाउने, रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।यस्तै असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिस स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने छ ।
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले नेपाल स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहका डेण्टल सर्जन डा.वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय समेत गरेको छ ।
