श्रवण कुमार यादव/राजपुर मंगलबार, माघ १०, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया स्थित शिव सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा विद्ध्या प्रसाद यादव निर्वाचित भएका छन् ।निर्वाचन समितिका संयोजक वेला सव डिभिजनका फरेस्टर नवल कुमार शाहका अनुसार समूहको मंगलबार आज सम्पन्न भएको निर्वाचनबाट १५८ मत प्राप्त गरी अध्यक्षमा यादव निर्वाचित भएका हुन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी लाल बहादुर यादवले १ सय ३१ र रन बहादुर यादवले ४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी समूहको उपाध्यक्षमा गत ५ गते भएको साधारण सभाबाट सर्वसमत सन्तोष कुमार यादव निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै समूहको सचिवमा १ सय ४५ मत प्राप्त गरी तारावती यादव निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी सरस्वती यादवले १४१ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै समूहको कोषाध्यक्षमा १७४ मत प्राप्त गरी सुबास चन्द्र यादव निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी धनि राम तेलीले ११८ प्राप्त गरेका थिए । यता समूहका सह-सचिवमा रामवरण यादव र सदस्यहरुमा प्रभावती यादव,सति चमेला हरिजन, सुनिता यादव र रिता चौधरी साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए।

यस्तै निर्वाचन समितिका अनुसार जम्मा मतदाता संख्या ३ सय १० मध्ये मतदाताले पुर्ण रुपमा मतदान गरेका थिए । मतदान आज विहान ८ बजेबाट सुरु भएको थियो । जम्मा मतपत्रमध्ये ६ वटा मतपत्र पूर्णरुपमा बदर भएको समितिका संयोजक नवल कुमार शाहले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]