अनिल खत्री/गुल्मी मंगलबार, माघ १०, २०७९

गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा धार्मिक पर्यटकीय गनतव्य निर्माण गर्न बिभिन्न संरचना निर्माण भएका छन् ।

उक्त क्षेत्रमा संरचना निर्माण भएसँगै अन्तरिक तथा बाह्य पर्यटक अबलोकनका लागि पुग्ने गरेका छन् । कैयौं संरचना निर्माण हुँदाहुँदै पनि धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा पर्यटकिय स्थल ओझेलमा छ । तर पनि पर्यटकीय संरचना धमा धम निर्माण हुने गरेका छन् । केहि संरचना राज्यको लगानीमा निर्माण भएका छन् भने केहि निजि व्यक्तिले पनि निर्माण गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भँगारी भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको छ ।

त्यस्तै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रेसुङ्गाको काखमा गुल्मीदरवार निवासी सुब्बा बस्नेतले आकर्षक मन्दिर निर्माण गरेका हुन् । मन्दिर निर्माण भएसँगै त्यस क्षेत्रमा पुग्ने अन्तरिक तथा बाह्य पर्यटक अबलोकन कर्ता पुग्ने गरेका छन् ।अहिले भँगारी भुवने डाँडा (दारेढुङ्गा) पकिनिक पर्यटकिय स्थलममा पुग्नेहरुको संख्य पनि बृद्धि भएको छ । पर्यटकीय पार्कसँगै निर्माण गरिएको मन्दिरले मनै लोभ्याउने दृश्य बनेको अबलोकनका लागि पुगेका लक्ष्मी थापाले बताइन् । उनले यहाँ धार्मिक महत्वसँगै पर्यटकीय हिसावले पनि राम्रो लागेको बताइन । पर्यटकीय स्थलसँगै मन्दिर पनि बनेको छ भन्ने सुनेर पहिलो पटक आएको दुर्गाबहादुर थापाले बताए ।

ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व वेदपुराणहरुमा समेत उल्लेख छ । त्रेतायुगमा ऋषि श्रृंङ्गेश्वरको तपस्या स्थल रेसुङ्गामा भगवान श्रीरामलाई भेटन जाने बेला त्यहि बाटो भएर जानेक्रममा उहाँका पाइलाहरु पछिसम्म रहेको पाइएको त्यहाँका स्थानीय बताउछन् । ती पाइलाहरुमा एकदशीमा पूजा समेत गरिने गरिन्थ्यो । पछि बाटो बिस्तारको क्रममा पाइलाहरु फुटाइएको थियो । अहिले सोहि स्थानमा एउटा व्यक्तिले निजी लगानीमा लाखौ रकम खर्चेर श्रीराम भगवानको मन्दिर निर्माण गरेका छन् । मन्दिर निर्माणसँगै रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋषि महर्षिहरुका कलात्मक दृश्यहरु पनि निर्माण गरेर चिटिक्क पारिएको छ ।

मन्दिर तथा पर्यटकीय पार्क निर्माण क्षेत्र रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ । यस क्षेत्रमा निर्माण भएको मन्दिर र यसक्षेत्र रसुङ्गा क्षेत्रसँग धार्मिक महत्व जोडिएर आउछ । यहाँ धार्मिक महत्वसँगै पर्यटकीय महत्वपनि रहेकाले निजी लगानीमा मन्दिर निर्माण गरेको निर्माण कर्ता सुब्बा बस्नेतले बताए । मन्दिर नजिकै भँगारी भुवने डाँडा (दारेढुङ्गा) पकिनिक पर्यटकिय स्थलमा बस्नको निम्ती बिभिन्न प्रकारका बिश्राम स्थल सहितका छाताहरु, बनभोज जानेहरुको लागि पकाउने स्थलहरुसँगै अरु धेरै मनमोहक दृश्य सहितका स्थलहरु रहेका छन् ।

पर्यटकिय स्थलबाट जिल्लाका बिभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अर्घाखाँची,पाल्पा लगायत बिभिन्न स्थानहरु समेत देख्न सकिन्छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]