
Gfs
Unsku
Rgp1
Pbu
cjs
Lnp
Srbpu
Djs
Pes
Ggp
pku
Sgr
sbs
Rgp

Ksm
Pvg
Sls
Ggd
Asm
Tsm
Bbu
Rgs
Hal
Rgu
Sbs
Rsb
Vor
Gst
Wsp
Ssm
Rgu
Bbbpu
nsb

Ptm
Syp
sab
Jmb
Rmb
Abd
Pls
Jmb
Gsb
Bml
Rpp
bbt
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा रहेको बालजनता प्राथमिक विद्यालयमा दुई कोठे भवनको शिलान्यास भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरबाट २० लाख र जनश्रमदानबाट ४ लाख ३२ हजार ८५४ गरि कुल २४ लाख ३२ हजार ८ सय ५४ रुपैयाँको बजेटमा निर्माण हुन लागेको उक्त दुई कोठे भवनको सोमबार पण्डित नवराज न्यौपानेले विधिवतरुमा पुजापात गर्नु भएको थियो भने राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरीले शिलान्यास गर्नु भएको हो ।
भुकम्परहित निर्माण हुन लागेको उक्त योजनाको २०७९/८/१९ गते सम्झौता भएको हो भने २०७९/१२/३० गते सम्पन्न हुनेछ । दुई कोठे भवनको लाभान्वित संख्या ५०० जना रहेका छन् भने सो भवन निर्माणको जिम्मेवारी विद्यालयले लिएको विद्यालयका प्रधानाध्यापक मोहन यादवले जानकारी दिनु भयो ।
उक्त शिलान्यास कार्यक्रममा राजपुर गाउँपालिकाका स्वकीय सचिव रामबकश चौधरी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पुन मगर,देविस्थान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम बहादुर ठेडी मगर, विद्यालयका निवर्तमान अध्यक्ष श्यामलाल ओली विद्यालयका पदाधिकारीको उपस्थितिमा भवन शिलान्यास भएको थियो ।

