
Djs
pku
sbs
Rgp
cjs
Pes
Ggp
Gfs
Pbu
Lnp
Sgr
Srbpu
Rgp1
Unsku

Ssm
Rgs
Sls
Wsp
Vor
Bbu
Asm
Rgu
Bbbpu
Hal
nsb
Sbs
Gst
Tsm
Rsb
Rgu
Pvg
Ksm
Ggd

bbt
Ptm
Rpp
Jmb
Mks
Rmb
Bml
Abd
sab
Gsb
Pls
Jmb
Syp
दाङ । सशस्त्र प्रहरी बल नेपाल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गण भालुबाङ दाङले २२ औं स्थापना दिवसमा अन्तर्क्रिया कार्यक्रम गरी मनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गणका गणपति एसपी विनोद केसीको अध्यक्ष्यतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि एवम् गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले दाङको सीमा अपराध, नियन्त्रण तथा विभिन्न दंगा नियन्त्रण लगायतका अपराध जन्य क्रियाकलाप न्यूनीकरण र विपत जोखिम व्यवस्थापन र उद्धार,आगलागी नियन्त्रण,महमारी लगायतका जोखिम र जिल्लाको शान्तिसुरक्षा र नागरिक सुरक्षामा पुर्याएको योगदानको उच्चकदर गर्दछौ भन्नु भयो ।
त्यस्तै अन्तर्क्रिया कार्यक्रममा नागरिक समाज दाङका सदस्य दामोदर भण्डारी,राप्ती गाउँपालिका वार्ड नं १ का वडाध्यक्ष गेमबहादुर खडका,राजपुर गाउँपालिका वार्ड नं ६ का वडाध्यक्ष श्याम बहादुर रोका,वार्ड नं ७ वडाध्यक्ष पुष्कर ओली,राप्ती उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेल,सञ्चारकर्मी महेश रिजाल,बोर्डर आउटपोस्ट सुनपत्री नाकाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुजनकुमार गोले,वि.ओ. पी. खाङ्ग्रणका सइ योगेन्द्र प्रसाद हमाल, बी ओ पी कोइलाबासका सइ कमल डाँगी, बी ओ पी पटौलीनाका का प्रतिनिधी जीवन पौडेल लगायतले आ-आफ्नो भनाइ राख्नु भएको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक खुमबहादुर केसीको सञ्चालनबाट सुरु भएको कार्यक्रमको सभापति गणपति विनोद केसीले,सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर दाङ भालुबाङको समग्र सँगठिनक संरचना र शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी संगठनले खेलेका भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो। सो कार्यक्रममा सशास्त्र प्रहरी बल नायब उपरीक्षक कर्नबहादुर बुढा मगरको पनि अतिथित्या रहेको थियो।
