
Ggp
Rgp
Unsku
Rgp1
Srbpu
Lnp
Pbu
pku
Sgr

Rgs
nsb
Gst
Asm
Sls
Hal
Rsb
Tsm
Rgu
Bbbpu
Ssm
Vor
Ggd
Bbu
Pvg
Rgu
Wsp
Ksm
Sbs

sab
Abd
Bml
Rpp
Jmb
Pls
Syp
Rmb
bbt
Ptm
Gsb
Jmb
Mks
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ५ लमहीमा रहेको अजम्मरी सामुदायिक वनको १६ औं साधारण सभा तथा ७ औं अधिवेशन शुक्रबार समापन भएको छ ।
समुहका अध्यक्ष पवन रिजालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख (मेयर)जोगराज चौधरीको प्रमुख आतिथ्यतामा समपन भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख चौधरीले मानवजाति र आर्थिकसंग पनि जोडिएकोले वन जंगललाई संरक्षण गर्न आजको आवश्यक भएको बताउनु भयो ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समुहको १६ औं साधारणसभा तथा ७ औं अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले पछिल्लो समयमा वन जंगलमा चोरीपैठारी बढ्दै गएको हुँदा त्यस्ता अराजक गतिविधिलाई रोक्न सबै लाग्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा लमही नगरपालिकाका पुर्व नगरप्रमुख कुलवहादुर केसीले कुनैबेला उजाड रहेको अजम्मरी वन संरक्षण र सम्बर्द्धन गर्दा अहिले विभिन्न प्रजातिका वन्यजन्तुको बासस्थान बन्न सफल भएको बताउनु भयो । खाली रहेका डाँडाहरुलाई कसरी हराभरा गराउन सकिन्छ त्यो विषयमा गम्भीर हुन समितिलाई आग्रह गर्नु भयो । निम्न स्तर भएका मानिसको जीवनस्तर उकास्नका लागि सामुदायिक वनले केही योजनाहरु ल्याउनु पर्ने उहाँको भनाई छ ।
यस्तै डिभिजन कार्यालायल देउखुरीका प्रमुख राजु क्षेत्रीले नेतृत्व विकासमा वनले कार्ययोजना बनाएर अगाडी बढेको देख्दा खुशी लागेको बताउनु भयो । साथै जिविकोपार्जनमा पनि वनले नयाँ रननिती बनाएर अगाडि बढ्न कार्यसमितिलाई उहाँले आग्रह गर्नु भयो । वार्षिक प्रगति प्रतिवेदन समुहका सदस्य चन्द्रा चौधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेजवहादुर विकले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा रातो डाँडा टोल विकास समितिका अध्यक्ष शशिधर ज्ञवाली,देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल,लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जंगबहादुर चौधरी,पत्रकार राधेश्याम गुप्ता, अजम्मरी सामुदायिक वनका पुर्व अध्यक्ष कालुराम चौधरी, राष्ट्रिय जनमोर्चाका हरि थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका हिरा खड्का, नेकपा एसका शशिराम नेपाली, नेकपा माओवादी केन्द्रका दिलकुमार श्रेष्ठ, नेकपा एमालेका डण्डीराम चौधरी, नेपाली कांग्रेसका लमही नगर सभापति सन्तोष कुमार बुढाथोकी, लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदी (सागर) लगायतका वक्ताहरुले वनलाई संरक्षणसंगै सदुपयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
उक्त समुहका जेष्ठ सदस्य तारा खनालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा कार्यक्रमको सहजीकरण निर्मला चौधरी गर्नु भएको थियो । त्यस्तै सभाले सोमबार अधिवेशनको कार्य टुंगो लगाउनको लागि बैठक डाकेको सो समुहका अध्यक्ष पवन रिजालले जानकारी दिनु भयो ।
