
Ggp
Gfs
Rgp1
Pbu
Lnp
Djs
pku
cjs
Rgp
Sgr
sbs
Pes
Srbpu
Unsku

Gst
nsb
Ssm
Hal
Tsm
Rsb
Sls
Bbbpu
Bbu
Asm
Rgs
Ksm
Rgu
Pvg
Rgu
Ggd
Wsp
Vor
Sbs

Syp
Abd
Ptm
Jmb
Jmb
Pls
Rpp
bbt
Rmb
Gsb
sab
Bml
Mks
दाङ । ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औं वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार गढवा – ४ रामनगरमा सम्पन्न भएको छ।
ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिराम चौधरीको अध्यक्षता गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि एवम् गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले छोटो समयमा जनता मन जित्न सफल बचत तथा ऋण सहकारी संस्था भएको बताउदै शुभकामना ब्यक्त गर्नु भयो । गढवाको समग्र आर्थिक विकासका लागि सहकारीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
उहाँले पालिकामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुले आर्थिक क्षेत्रमा टेवा पुर्याउने बताउनु भयो । सहकारीले शेयर सदस्यहरुको हितका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराई उहाँहरुलाई आत्मनिर्भर बनाउने कार्यमा जोड दिनुपर्ने बताउनु भयो । साधारण सभामा बोल्ने बक्ताहरुले किसानहरुलाई उद्यमशिलता बनाउने उद्देश्य अनुरुप सहकारी अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर – ४ का वडा अध्यक्ष हरिभगत चौधरी, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव,राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण बहादुर थापा लगाएतकाले बोल्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा बिपिन चौधरीलाई सम्मान गरिएको थियो। त्यसैगरी असल, उत्कृष्ट जेष्ठ नागरिक सदस्य बिष्णु प्रसाद ढुङगाना, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीलाई सम्मान गरिएको संस्थाले जानकारी दिएको छ। आर्थिक तथा प्रगति प्रतिवेदन ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका म्यानेजर ओम प्रकाश चौधरीले चार करोड पचास लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो थियो । संस्थाका गढवा शाखाका कर्मचारी अनिल गुप्ताको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शेयर सदस्य अन्जिता चौधरीले गर्नु भएको थियो ।

