
Djs
Sgr
Pbu
Lnp
cjs
Pes
Unsku
Rgp
Srbpu
pku
sbs
Rgp1
Ggp
Gfs

Pvg
Rsb
Asm
Sbs
Gst
Rgu
Sls
Rgs
Bbu
Wsp
Vor
Ssm
Tsm
Ksm
Hal
Bbbpu
Rgu
nsb
Ggd

Mks
Ptm
Gsb
Rpp
Jmb
Bml
Jmb
bbt
Rmb
Abd
Pls
Syp
sab
कपिलवस्तु । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण, लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बन्धि समुदायको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम् संचालन भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै शर्माले बाल बालिकाको संरक्षण तथा लैँगिक हिंसा निबारण कृष्णनगर नगरपालिकाको प्राथमिकताको बिषय रहेको जानकारी दिए। साथै मानिसहरुमा बढ्दो मनोसामाजिक समस्याको उपचार समयमै उपलब्ध गराउन नसके स्थिति भयावह हुन सक्ने हुनाले मनोसामाजिक समस्याको बारेमा सचेतना फैलाउन समुदायको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूले थप सक्रिय भएर काम गर्नुपर्ने बताए।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युनिसेफ नेपालका प्रकाश कैनीले लैँगिक हिँसा लगायत बाल बालिका माथि हुने सबै प्रकारका हिंसाको निवारण गर्नु, परिवार, समुदाय, सरकार र अन्तराष्ट्रिय जगतको साझा दायित्व भएकाले बाल बालिका उपरहुने हिंसा निवारणमा आ-आफ्नो तह बाट भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए। तीन दिने तालिमले समुदायको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको क्षमता विकाश गरि समुदायमा रहेका हिंसा प्रभाबित महिला तथा बाल बालिका र मनोसामाजिक समस्यामा रहेका ब्यक्तिहरुको पहिचान गरि सुचना प्रवाह मार्फत उपयुक्त सेवा सुनिस्चित गर्नु पर्ने बताए । हिंसा निबारण तथा पिडित प्रभावितहरुलाई सेवा प्रवाह अनि समुदायको साचेतना मर्फत हिंसा रोकथामका कार्यका लागि समुदयको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको अहम् जिम्मेबारी रहने हुनाले स्थानिय सरकार तथा सरोकारवालाहरुले उनीहरुको प्रभावकारि परिचालन गर्नुपर्नेमा जोड दिए ।
सहजकर्ता प्रकाश कैनी, शान्ति पण्डित, नारायण घिमिरे लगायतले बाल संरक्षण तथा महिला हिंसाका साथै मनोसामाजिक सहयोग सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे l तीन दिवशिय तालिम कार्यक्रमको पहिलो दिन बाल संरक्षण तथा लैंगिक हिंसाका बिषय बस्तुमा केन्द्रित थियो भने दोस्रो र तेस्रो दिन मनोसामाजिक सहयोग सम्बन्धमा केन्द्रित रहेको थियो । महिला स्वास्थ्ये स्वयंसेविका, महिला विकास समिति सदस्यहरु, कृष्णनगरमा महिला हिंसा तथा मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरु,बाल बालिकाको सहभागिता, पत्रकार लगायत २६ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले छलफल गरि आफ्नो समुदयमा रहेका बाल बालिका तथा महिला माथि हुने हिंसा निवारण गर्न र मनोसामाजिक समस्यामा रहेकाहरुको सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको र यस्ता घटनाहरु देखेमा वा सुचना पाएमा नगरपालिका लगायत अन्य सरोकारवाला र सेवा प्रदाकहरुलाई सुचना प्रवाह गरि पिडित प्रभाबितहरुलाई सेवा सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रमको संचालन तथा व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नु भयो ।
