
cjs
sbs
Lnp
pku
Djs
Srbpu
Rgp
Rgp1
Unsku
Pes
Pbu
Gfs
Sgr
Ggp

Ggd
Bbu
Rgu
Gst
nsb
Wsp
Ssm
Rgu
Pvg
Bbbpu
Ksm
Vor
Sbs
Rsb
Hal
Tsm
Rgs
Asm
Sls

Gsb
sab
Abd
Ptm
Mks
Jmb
Jmb
bbt
Syp
Rpp
Bml
Rmb
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले शुक्रबार वडा नम्बर ९ काे वडा कार्यालय रुपाकाेटबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
गाउँपालिकाे वडा नम्बर ४ काे माैरीघाटमा रहेको ज्याेति विकास बैंक सम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तर बाटै सेवा दिएको हो ।
वडा नं ९ रुपाकाेटका ९४ वर्षीया कमरा कामीले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताए । सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन बैंकसम्म जान भने धेरै सास्ती हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नु भयो, “सरकारले दिएको वृद्धाभत्ता बूढेसकालको सहरा बनेको छ । यही भत्ताले दैनिक जीवनयापन गर्दै आएकाे छु तर भत्ता लिन जान निकै समस्या थियो । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ । आउन जान नै मलाई समस्या छ । अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित छु ।” बैंकमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नु परेको उहाँले अनुभव सुनाउनु भयो ।
त्यस्तै गाउँपालिकाले टोलवासी भेला गरेर वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे हो । खास गरेर पहाडी क्षेत्रका वृद्धवृद्धा तथा अशक्त नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भयो ।
स्थानीय तहको निर्वाचनको बेलामा जसरी हुन्छ नागरिकका दुःख घटाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले आफू त्यसलाई पूरा गर्ने प्रयासमा रहेको उहाँको भनाई छ। ‘गाउँका मान्छेलाई दुई घण्टा टाढाको बैंकमा पुगेर भत्ता बुझेर आउनु सामान्य कुरा होइन। फेरि भत्ता पाउनेहरू ज्येष्ठ नागरिक हो, उहाँहरू नै हिँड्न सक्नुहुन्न। निर्वाचनको बेलामा उहाँहरूका दुःख घटाउनेछु भनेर प्रतिबद्धता गरेको थिएँ,’ मान्छे खुसी हुन ठुलो काम होइन कि सामान्य कामलाई सहज बनाए पनि हुन्छ,अध्यक्ष विष्टले भन्नु भयो ।
यस्तै बैंकबाट भत्ता वितरण गर्दा वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाटै वितरण थालेकाे वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिनु भयो ।
हालसम्म वडाभरि एक सय चाैध जनाले भत्ता पाउँदै आएको गाउँपालिकाका पञ्जिकरण शाखाका शाखा प्रमुख नारायण बहादुर रावतले जानकारी दिनु भयो । कार्यपालिकाको निर्णय अनुसार बैंक तथा सुरक्षा निकायसँग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको उहाँको भनाइ छ ।
यसैबिच शुक्रबार नै पालिकाले साेही वडाका ७८ देखि ८० वर्ष उम्मेर ११ जना जेष्ठ नागरिकहरुलाई न्यानाे कपडा बल्यङ्केट वितरण गरेको महिला तथा बालबालिका शाखाका शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिनु भयो ।

