
Ggp
Ggp
Asbus
Rgp
Sdc
Ksbus
Lnp
Ksbus
Msbus


दाङ । देउखुरीको लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ ।
‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सव यहीँ माघ १२ गतेदेखि २५ गतेसम्म अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (जैविक बिविधता पार्क पछाडी) सुरु हुदै छ ।
महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने भएका हुन् ।
देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी तीब्र पारिएको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो । महोत्सव सञ्चानलन हुने मिति नजिकिएसंगै तयारी तीब्र पारिएको हो ।
त्यस्तै स्थानिय उत्पादनको बजारीकरण,खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासकमा टेवा पर्युाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहने छन । जसअन्तर्गत १५—२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५—३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहने अध्यक्ष खनालले जानकारी दिनु भयो ।
यसैगरी महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको सँस्कृती झल्किने साँस्कितिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
