
Gsl
Gsbus
Gis
Rsbus
Gis
Gss
Ssbus
Lsbus
Ses
Ksbus
ebg
Gsbus
bpmhl
Ksbus
Ssbus
Ksbus
Gms
Pbu
Bsbus
Gsbus

Ksm
Rgu
Ssm
Pvg
nsb
Bbbpu
Ggd
Asm
Tsm
Vor
Rgs
Sls
Gst
Rgu
Wsp
Rsb
Sbs
Bbu
Hal

Rpp
Pls
Jmb
Bml
Abd
sab
Jmb
bbt
Mks
Syp
Gsb
Ptm
Rmb
दाङ । दाङको गढवा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको भब्यताका साथ बिहिवार सम्पन्न भएको छ ।
गढवा गाउँपालिका र गढवा गाउँपालिका वडा नम्बर – ४ को संयुक्त आयोजनामा संचालित प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको बिहिवार छेठौ दिनमा गढवा – ४ प्रसेनीमा खेलको समापन गरिएको हो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ छ दिने खेलकुद प्रतियोगिताको बिहीबार समापन गरिएको छ।
गढवा गाउँपालिका वडा नम्बर चारका वडाध्यक्ष हरिभगत चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले खेल स्वास्थ्यको लागि मात्र स्थई अनुशासनको खेल पनि भएको बताउनुभयो। खेल क्षेत्रमा पालिकाले सबै वडा संग सहकार्य गरेर खेल जगतमा ठुलो फड्को मार्ने योजनामा पालिका लागेको बताउनुभयो। खेल एउटा मनोरञ्जन मात्र नभई खेल लाई राम्रो गतिमा अघि बढाउन सके र राम्रो खेलाडी उत्पादन गर्न सके गाउँपालिका को मात्र नभई सिंगो देशलाई बिश्व सामु चिनाउने र अर्थिक रुपमा देशले राम्रो फाइदा हुने बताउनु भयो।
प्रतियोगितामा गढवा गाउँपालिका भरीको गरी फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन र एक सय मिटर दौड र गुब्बारा फोड्ने खेल समाबेश गरिएको थियो ।फुटबल खेलमा १८ टिम, भलिबल – ९ टिम, ब्याडमिन्टन – २४, क्रिकेट: १३ टिम, सय मिटर दौडमा – १३ जना गुब्बारा फोड्ने: २५ जना सहभागीता रहेको खेलकुद संयोजक शेर बहादुर चोधरीले जानकारी दिनु भयो। भलिबल प्रतियोगितामा इभरग्रिन स्पोर्ट्स क्लब ‘ए’ टिम गढवा-४ छुट्की प्रसेनी प्रथम, इभरग्रिन स्पोर्ट्स क्लब ‘बि’टिम गढवा-४ छुट्की प्रसेनी द्वितीय र न्यु सिर्जना युवा क्लव गढवा – २ कोठरी तृतीय स्थान हाँसिल गर्न सफल भएका छन्।
त्यसैगरी क्रिकेटमा देउखुरी युवा क्लब गढवा-४ अजगढवाले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ भने द्वतिय र तृतीय टिम बिच बिबाद भएपछी दुबै समुहको खेल रद्द गरिएको आयोजकले जानकारी दिएको छ । त्यसैगरी फुटबल तर्फ नइमी मुस्लिम एकता क्लब गढवा – ४ प्रसेनी प्रथम स्थान हुन सफल भएको छ भने प्रनाहा युवा क्लब द्वितीय र न्यु सगरमाथा युवा क्लब गढवा-२ घुस्रा तृतीय स्थान हाँसिल गर्न सफल भएको हो।
त्यसैगरी ब्याटमिन्टन खेलमा शम्भु चौधरी र कैलाश चन्द चौधरीको टिम प्रथम, सन्देश अधिकारी र बिशाल पौड्याल को टिम द्वितीय र सुदिप चौधरी र जनार्दन चौधरीको टिम तृतीय भएका हुन्। रेफ्रिमा आशिष चौधरी रहनु भएको थियो । बिरेन्द्र चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक शेर बहादुर चोधरीले गर्नु भएको थियो।
