
Djs
Unsku
sbs
pku
cjs
Rgp
Gfs
Sgr
Pes
Pbu
Srbpu
Lnp
Rgp1
Ggp

Bbbpu
Wsp
nsb
Rsb
Rgs
Ggd
Gst
Ssm
Sls
Tsm
Sbs
Vor
Asm
Pvg
Rgu
Bbu
Hal
Ksm
Rgu

Mks
Ptm
Bml
Gsb
Rpp
sab
Jmb
Abd
Syp
Jmb
Rmb
bbt
Pls
दाङ देउखुरीकाे राप्ती गाउँपालिकाले वडा नंं.६ का ७८ देखि ८० वर्ष उमेर समूहका २६ जना जेष्ठ नागरिकहरुलाई बुधबार न्यानो कपडा ब्ल्याङकेट वितरण गरेकाे छ।
वडाध्यक्ष दिपक चाैधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यमा साे सामाग्री वितरण गरिएको हाे।
पालिका अध्यक्ष विष्टले जेष्ठ नागरिक समाजका इतिहास भएको भन्दै उहाँहरुको सम्मानमा न्यानो कपडा वितरण गरिएको बताउनु भयाे ।
त्यस्तै वडाध्यक्ष चौधरीले जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नु पर्ने बताउनु भयाे। यसै बिच बुधबार नै वडा नम्बर ७ मा पनि साेही उम्मेर समूहका २७ जना जेष्ठ नागरिकहहरुलाई न्यानो कपडा ब्ल्याङकेट वितरण गरेकाे छ । वडाध्यक्ष सिताराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा साे सामाग्री वितरण गरिएको हाे।
साे अवसरमा सिसहनिया स्वास्थ्य चाैकीका इन्चार्ज धन बहादुर खड्का र ल्याब टेक्निसियन लब जैसीले सहभागी जेष्ठ नगरिकहहरुकाे उच्च रक्तचाप, मधुमेहकाे चेकजाँच गर्नुका साथै स्वास्थ्य परामर्श समेत प्रदान गर्नु भएको थियो ।
यस अगावै वडा नम्बर १,३,४,५,र ८ मा समेत साे सामाग्रीहरु वितरण गरिसकिएको छ भने अबको केही दिन भित्रै वडा नम्बर २ र ९ मा पनि वितरण गरिने राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिनु भएको छ।

