सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख बुधबार, माघ ०४, २०७९

दाङ । दाङ प्रहरीले ब्राउन सुगर लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ गर्रा चोक स्थित घोराही तुलसीपुर सडक खण्ड सार्वजनिक बाटोमा केही ब्यक्तिहरुले लागु औषध ब्राउन सुगरको कारोबार गरी रहेका छन् भन्ने गोप्य सुचनाको आधारमा दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी टोलिले चेकजाँच गरी रहेको अवस्थामा तुलसीपुरदेखि घोराही तर्फ पैदल हिड्दै आउदै गरेका जिल्ला बाँके साबिक राधापुर गा.बि.स.वडा नं.०१ हाल ऐ.कोहलपुर नगरपालिका वडा नं.०२ बस्ने बर्ष ३६ को उमंग बहादुर शाही र देश भारत उत्तर प्रदेश जिल्ला बहराईच चकियारोड रुपैडिहा बस्ने बर्ष ५२ को समसुललाई संकास्पद अवस्थामा हिडी आउदै गरेकोदेखि दुबै जनालाई रोकी सोधपुछ गरी शरीर खानतलासी गर्दा प्लाष्टिक भित्र लुकाई छिपाई गरी राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक हटाई तौल गर्दा ३७ ग्राम २९ मिलिग्राम सहित फेला पारी पक्राउ गरी नियन्त्रणमालिई अनुसन्धान कार्य अगाडी बढाईएको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]