जनक सी/दाङ शनिबार, पुष २३, २०७९

तिमी भन्छेउ डाक्टर प्यारो,किनकी उनले सयौंको ज्यान बचाउछन ।
म भन्छु,किसान पनि प्यारो,
किनकी उनले हजारौंको भोक मेटाउछन ।।
अब भन डाक्टर प्यारो कि किसान?
मलाई!
मेरो ज्यान बचाउने डाक्टर नि प्यारो लाग्छ,
हजारौंको भोक मेटाउने किसान नि प्यारो,
म दुबैलाई प्यारो देख्छु ।
किनकी,म समाजबादी हुँ !

तिमी भन्छेउ इन्जिनियर राम्रो,
किनकी उनि घरबनाउछन,सडक बनाउछन,पुल बनाउछन।
म भन्छु,मजदुर पनि राम्रो ,
किनकी उनि संसार बनाउछन,संसार सजाउछन ।।
अब भन इन्जिनियर राम्रो कि मजदुर?
मलाई!

नक्साकोर्ने इन्जिनियर नि राम्रो लाग्छ,
संसार सजाउने मजदुर नि राम्रो,
म सबैलाई राम्रो देख्छु ।
किनकी,म समाजबादी हुँ!

तिमी भन्छेउ महलको मालीक ठुलो,
किनकी उनी गगनचुम्ने महल मा बस्छन ।
म भन्छु,झुपडीको मानिस नि ठुलो,
किनकी उनि पौरख खियाएर बाँच्न सक्छन।।
अब भन मालिक ठुलो की झुपडीको मानिस?
मलाई!

गगनचुम्ने महल को मालिक नि उत्रै लाग्छ,
आफ्नो पौरख खियाउने मानिस नि उत्रै,
म सबैलाई समान देख्छु ।
किनकी,म समाजबादी हुँ!

तिमी भन्छेउ फिलिम को मोडेल सुन्दर,
किनकी उनि ब्राण्ड एम्बेसडर हुन,टिभीमा आउछिन।
म भन्छु,गाउँ कि चेली नि सुन्दर,
किनकी उनि छिमेकी लाई निस्वार्थ सघाँउछीन,गाउँमा रमाउछिन ।।
अब भन मोडल सुन्दर कि गाउँ कि चेली?
मलाई!

सहर कि मोडेल नि सुन्दर लाग्छ,
गाउँ कि चेली नि सुन्दर,
म दुबैलाई सुन्दर देख्छु।
किनकी,म समाजबादी हुँ!

तिमी भन्छेउ शिरमा टोपी सुहाउँछ,
किनकी शिरको टोपीले सगरमाथाको उचाइ दर्शाउछ।
म भन्छु, धोती नि सुहाउँछ,
किनकी मधेस को धोतीले तराई को फाँट झल्काउँछ।।
अब भन टोपि सुहाउँछ की धोती?
मलाई!

टोपी नि सुहायको लाग्छ,
धोती नि सुहायको ,
म मधेसी पहाडी उस्तै देख्छु।
किनकी,म समाजबादी हुँ!

तिमी भन्छेउ जजमान गर्ने ब्राह्मण ज्ञानी,
किनकी उनि रामायण पढ्छन,गिता पढ्छन,ठुलो विद्वान हुन।
म भन्छु,कलाका धनी दलितहरु पनी ज्ञानी,
किनकी उनि औजार बनाउछन,लुगासिलाऊछन,कलाका धनी छन।।
अब भन ब्राह्मण ज्ञानी कि दलित?
मलाई!

जजमान गर्ने ब्राह्मण नी विद्वान र ज्ञानी लाग्छ,
औजार बनाउने,लुगा सिलाउने,दलित नी ज्ञानी,
म जात चिन्दिन,सबैलाई ज्ञानी देख्छु।
किनकी,म समाजबादी हुँ!

तिमी मान्छे कजाउनेलाई ठुलो देख्छौ,
म पसिना बगाउनेलाइ ठुलो देख्छु।
तिमी!

कसैलाई ठुलो देख्छौ कसैलाई सानो,
कसैलाई नराम्रो देख्छौ कसैलाई राम्रो।
म!

सबैलाई समान देख्छु,
सबैलाई समान बनाउन चाहन्छु।
किनकी,म समाजबादी हुँ!

२०७९\९\२२
लेखक:- जनक सी,दाङ

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]