
Jsbus
Syees
Bksbus5
Ratbs
Nssbus7
Gsbus
Ssbus
Gsl
Rbs
Csbus
gms
Pbu
dsbus
syysr
Ddhbs
Amb

Bbu
Sbs
Asm
Gst
Rgu
Vor
Bbbpu
Ssm
Sls
Rgs
Tsm
nsb
Pvg
Hal
Ggd
Wsp
Rgu
Rsb
Ksm

Jmb
Ptm
Bml
Gsb
Abd
Mks
sab
Jmb
Rpp
bbt
Pls
Syp
Rmb
तिमी भन्छेउ डाक्टर प्यारो,किनकी उनले सयौंको ज्यान बचाउछन ।
म भन्छु,किसान पनि प्यारो,
किनकी उनले हजारौंको भोक मेटाउछन ।।
अब भन डाक्टर प्यारो कि किसान?
मलाई!
मेरो ज्यान बचाउने डाक्टर नि प्यारो लाग्छ,
हजारौंको भोक मेटाउने किसान नि प्यारो,
म दुबैलाई प्यारो देख्छु ।
किनकी,म समाजबादी हुँ !
तिमी भन्छेउ इन्जिनियर राम्रो,
किनकी उनि घरबनाउछन,सडक बनाउछन,पुल बनाउछन।
म भन्छु,मजदुर पनि राम्रो ,
किनकी उनि संसार बनाउछन,संसार सजाउछन ।।
अब भन इन्जिनियर राम्रो कि मजदुर?
मलाई!
नक्साकोर्ने इन्जिनियर नि राम्रो लाग्छ,
संसार सजाउने मजदुर नि राम्रो,
म सबैलाई राम्रो देख्छु ।
किनकी,म समाजबादी हुँ!
तिमी भन्छेउ महलको मालीक ठुलो,
किनकी उनी गगनचुम्ने महल मा बस्छन ।
म भन्छु,झुपडीको मानिस नि ठुलो,
किनकी उनि पौरख खियाएर बाँच्न सक्छन।।
अब भन मालिक ठुलो की झुपडीको मानिस?
मलाई!
गगनचुम्ने महल को मालिक नि उत्रै लाग्छ,
आफ्नो पौरख खियाउने मानिस नि उत्रै,
म सबैलाई समान देख्छु ।
किनकी,म समाजबादी हुँ!
तिमी भन्छेउ फिलिम को मोडेल सुन्दर,
किनकी उनि ब्राण्ड एम्बेसडर हुन,टिभीमा आउछिन।
म भन्छु,गाउँ कि चेली नि सुन्दर,
किनकी उनि छिमेकी लाई निस्वार्थ सघाँउछीन,गाउँमा रमाउछिन ।।
अब भन मोडल सुन्दर कि गाउँ कि चेली?
मलाई!
सहर कि मोडेल नि सुन्दर लाग्छ,
गाउँ कि चेली नि सुन्दर,
म दुबैलाई सुन्दर देख्छु।
किनकी,म समाजबादी हुँ!
तिमी भन्छेउ शिरमा टोपी सुहाउँछ,
किनकी शिरको टोपीले सगरमाथाको उचाइ दर्शाउछ।
म भन्छु, धोती नि सुहाउँछ,
किनकी मधेस को धोतीले तराई को फाँट झल्काउँछ।।
अब भन टोपि सुहाउँछ की धोती?
मलाई!
टोपी नि सुहायको लाग्छ,
धोती नि सुहायको ,
म मधेसी पहाडी उस्तै देख्छु।
किनकी,म समाजबादी हुँ!
तिमी भन्छेउ जजमान गर्ने ब्राह्मण ज्ञानी,
किनकी उनि रामायण पढ्छन,गिता पढ्छन,ठुलो विद्वान हुन।
म भन्छु,कलाका धनी दलितहरु पनी ज्ञानी,
किनकी उनि औजार बनाउछन,लुगासिलाऊछन,कलाका धनी छन।।
अब भन ब्राह्मण ज्ञानी कि दलित?
मलाई!
जजमान गर्ने ब्राह्मण नी विद्वान र ज्ञानी लाग्छ,
औजार बनाउने,लुगा सिलाउने,दलित नी ज्ञानी,
म जात चिन्दिन,सबैलाई ज्ञानी देख्छु।
किनकी,म समाजबादी हुँ!
तिमी मान्छे कजाउनेलाई ठुलो देख्छौ,
म पसिना बगाउनेलाइ ठुलो देख्छु।
तिमी!
कसैलाई ठुलो देख्छौ कसैलाई सानो,
कसैलाई नराम्रो देख्छौ कसैलाई राम्रो।
म!
सबैलाई समान देख्छु,
सबैलाई समान बनाउन चाहन्छु।
किनकी,म समाजबादी हुँ!
२०७९\९\२२
लेखक:- जनक सी,दाङ
