
Sgr
Srbpu
Ggp
Pbu
Rgp
Rgp1
Unsku
pku
Lnp

nsb
Gst
Pvg
Ssm
Wsp
Rgu
Ksm
Vor
Hal
Rgs
Asm
Rsb
Sbs
Rgu
Bbbpu
Tsm
Bbu
Sls
Ggd

Bml
Ptm
Pls
Rmb
Gsb
Mks
Jmb
Abd
Rpp
bbt
Jmb
Syp
sab
दाङ । गोरखा गुप्रद्वारा सञ्चालित गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले १२ औँ वार्षिक उत्सव मनाएको छ । विद्यालयले सोमवार एक कार्यक्रमका बिच १२ औं वार्षिक उत्सव मनाएको हो ।
गोरखा गुप्रका संस्थापक अध्यक्ष मान बहादुर बुढा मगरको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख (मेयर) टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गोरखा स्कुल शिक्षा क्षेत्रमा अग्रणी संस्था रहेको बताउँदै आगामी दिनमा शिक्षा क्षेत्रमा विषेश भुमिका खेल्नुपर्ने बताउनुभयो ।
काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपति डाक्टर सुरेस राज शर्माले समाज परिवर्तनका लागि शिक्षाको भुमिका महत्वपुर्ण भएको बताउनु भयो । उहाँले व्यक्ती शिक्षित भए मात्रै परिवार,समाजसंगै सिगो देश समृद्ध बन्ने तर्क गर्नुभयो । पछिल्लो समय शिक्षामा लगानी बढी भैरहेकोले शिक्षाको महत्वलाई बुझेर आफ्ना बालबालिकाहरुलाई सहि र गुणात्मक शिक्षा दिन अभिभावकहरुलाई आग्रह गर्नुभयो । आफ्नो सिंगो जिवन नै शिक्षाका सर्मपित गर्नुभएका शर्माले विद्यालयहरुले प्रतिस्पर्धा र देखावटी भन्दा पनि गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताउनु भयो । त्यस्तै लुम्बिनी प्रदेशका शिक्षा तथा निर्देशनालयका निर्देशक यमबहादुर केसीले योजनाबद्ध रूपमा शिक्षालाई अगाडी बढाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका प्रिन्सीपल बिजयमान जिएमले शिक्षा नै ज्योती हो भन्ने नारा सहित २०६८ सालमा स्थापना भएको विद्यालयमा हाल २८३२ जना विद्यार्थीहरु अध्ययरत रहेको बताउनु भयो । उहाँले स्थापनाकालदेखिनै विद्यालयलले शैक्षिक र खेलकुद क्षेत्रमो फड्को मार्दै आएको पनि बताउनु भयो । विद्यालयमा माध्यमिक शिक्षा पुरा गरेर बाहिर गएका विद्यार्थीहरुले नि:शुल्क छात्राबृति प्राप्त गर्नुका साथै लोकसेवा आयोगमा समेत उतकृष्ट नतिजा लिई नाम निकाल्न सफल भएको बताउनु भयो । यस्तै कार्यक्रममा अभिभावक सोभाराम धिताल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबिच वार्षिक उत्सवको अवसर पारेर गोरखा सेकेन्डरी स्कुलका छात्र–छात्राले विज्ञान प्रदर्शनीको आयोजना गरेका थिए । विज्ञान पर्दशर्नीमा स्मार्ट सिटीको परिकल्पना,हरियाली शहर,हाइड्रोनिक बृज,क्रसर उद्योग,ढिकि, घरहरु,हाइड्रो पावर,वाटर साइकल,ज्वालामुखी,सिँचाइ,पार्क,फुलवारी लगायतका विज्ञान सम्बन्धि तयार पारिएका नमूनाहरु शिक्षक,अभिभावक तथा अन्य विद्यार्थीलाई देखाएका थिए ।
गोरखा सेकेन्डरी स्कुलका एक्टिङ सिइओ दुर्गा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निमावि संयोजक पुर्ण बिक्रम डाँगी र प्रा.वि संयोजक कमल भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा पुर्वमेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न नृत्यहरु,नाटक,प्रस्तुत गरिएको थियो भने विभिन्न व्यक्तीहरुलाई सम्मान पनि गरिएको थियो । साथै वार्षिक उत्सवको अवसर पारेर स्कुलले मुख पत्र बिमोचन समेत गरेको थियो ।
