
cjs
Unsku
Rgp
Pes
Pbu
Lnp
Djs
pku
Gfs
Srbpu
Rgp1
Sgr
sbs
Ggp

nsb
Gst
Ssm
Asm
Rgs
Pvg
Rgu
Tsm
Bbu
Sbs
Rsb
Ksm
Rgu
Ggd
Bbbpu
Wsp
Hal
Sls
Vor

Jmb
Jmb
Pls
Ptm
Abd
bbt
Syp
Mks
Rmb
Bml
sab
Rpp
Gsb
दाङ । महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई सिकलसेल एनिमिया सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम शनिबार राप्ति गाउँपालिकामा सम्पन्न भएको छ ।
क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राप्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले कार्यक्रमकाे बारेमा सहभागीहरुलाई प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा सिकलसेल एनिमियाको परिचय, लक्षण, परिक्षण, उपचार लगायतका बिषयमा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक तथा चिकित्सा निर्देशक डा. रमेश कंडेलले प्रशिक्षण दिनुभएको थियो । राप्ति गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा राप्ति गाउँपालिकामा कार्यरत ५६ जना महिला स्वयंसेबिकाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण दिपा चौधरीले गर्नुभएको थियो ।
त्यस्तै यस संस्थाले क्यानडा स्थित युनिभर्सिटि अफ ब्रिटिश कोलम्बियाको सहयोगमा २०१५ देखि देउखुरीको राप्ति, गढवा र राजपुरमा सिकलसेल जाँचको स्वास्थ्य शिबिर, जनचेतना कार्यक्रमका गर्दै आईरहेको छ । साथै सिकलसेलको रगत परिक्षणमा सहयोग पुग्ने उदेश्यले स्वास्थ्य चौकीको सबलीकरणका कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।

