
Ssbus
Ksbus
Gsbus
Ksbus
Gis
Ksbus
Rsbus
Ssbus
Gis
Gss
Nssbush
Gsl
Ksbus
ebg
Lsbus
Ses
bpmhl
Lsbus
Gsbus
Gsbus

Hal
Gst
Rgu
Ksm
Rgs
Asm
Rsb
Pvg
Ssm
Tsm
nsb
Wsp
Rgu
Sbs
Vor
Ggd
Sls
Bbu
Bbbpu

Pls
Jmb
Bml
sab
bbt
Ptm
Gsb
Jmb
Rmb
Syp
Rpp
Mks
Abd
दाङ । गढवा गाउँपालिकाको आयोजनामा दुई दिने जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको शनिबार गढवाको कभर्डहलमा उद्घाटन गरिएको छ।
शनिबार प्रतियोगिताको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल)ले ब्यानर पढेर उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले स्वास्थ्यका लागि खेल एकदमै महत्वपूर्ण रहेको भन्दै स्वास्थ रहनका लागि खेल एकदमै आवश्यक रहेको बताउनु भयो।
जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताले एकातिर स्वस्थ रहन फाइदा गर्छ भने अर्को तिर जनप्रतिनिधि र कर्मचारी बिच सहयोगी भावनाको बिकास गर्नको लागि निकै ठुलो योगदान पुर्याउने बताउनु भयो । गढवा गाउँपालिका खेल क्षेत्रमा पछाडी परेको स्वीकार गर्दै आफु निर्वाचित भएर आएदेखी नै गढवा गाउँपालिकामा आफ्नै सुविधा सम्पन्न खेल मैदान बनाउने तर्फ सोचेको बताउदै आफुले पहिलो वर्ष कै निति तथा कार्यक्रममा गढवामा पालिकामा पालिका स्तरको सुविधा सम्पन्नको स्टेडियम निर्माण गर्नेसंग संगै गढवा गाउँपालिकाको एउटा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने उद्देश्य राखेको जानकारी दिनु भयो ।
त्यस्तै आगामी आर्थिक वर्षमा गढवाको निर्माणाधिन कभर्डहलको कार्य सम्पन्न हुने किसिम प्रदेश,संघ वा गढवा गाउँपालिका जहाँबाट भएपनि स्रोत जुटाएर पुर्णता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । भरखरै सकिएको गाउंसभा बाट खेलकुद समिति बिध्येक पा नमस्ते गरेको भन्दै अब खेललाई योजनाबध्द ढंगले अगाडि बढाउने बताउनु भयो। खेलकुद समितिले एउटा पालिमा र अर्को वडामा रहेको समितिले सबैखाले खेलकुद लाई प्रोत्साहन गर्ने किसिमले कार्यबिधि पास गरेको बताउदै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकाको सबै विद्यालयलाई पनि जोडेर खेललाई पनि पहिलो प्रथामिक्तामा राखेर पालिकाले काम गरी रहेको जानकारी दिनु भयो।
गढवा कभर्डहलका संस्थापक तथा हालसम्मका अध्यक्ष कृष्ण राज पाण्डेले बिचार ब्यक्त गर्दै निर्माणाधिन कभर्डहललाई तयार गर्नका लागि अनुरोध गर्नु भएको थियो । उद्घाटन कार्यक्रमको पहिलो खेल जनप्रतिनिधि तर्फ गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल)र गढवा गाउँपालिका वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरी र अर्को तर्फ कर्मचारी तर्फ गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी बिच मैत्रिपुर्ण कडा प्रतिस्पर्धा भएको थियो। जसमा जनप्रतिनिधिको टिमले जित हासिल गरेको थियो । जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिता दुई दिनसम्म चल्ने गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिनु भयो ।
पहिलो दिनको खेल सकिएको छ भने दोस्रो दिनको खेल आईतवार सकिने र आइतवार नै समापन गरिने अधिकृत चौधरीले बताउनुभयो । गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।
