
Rks
Ppu
Rsb
Ksb
Usb
Ksb
Nsb
Bsn
Csb
Ssb
Tgp
Gsb
Ssb
Ksb

Usb
Ssb
Hl1
Gsb
Tsb

ptl
Rgu
Nps
दाङ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराएका हुन् । केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् ।
त्यस्तै शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लोगो पनि वितरण गरेको छ । शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगेका थिए । थरीथरीका पोसाक र भेषभुषामा सांसदहरूको उपस्थितिले संसद् भवन नयाँ बानेश्वको दृष्य निकै रमाइलो देखिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सासंदलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाएका हुन् । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी दुई सय ७५ जना सांसद छन् ।
यस्तै शपथ समारोह अगाडि संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले नव निर्वाचित सांसदहरुलाई स्वागत,बधाई एवम् शुभकामना व्यक्त गरेका थिए ।
