
Srbpu
Rgp1
Sgr
Unsku
Pbu
pku
Ggp
Lnp
Rgp

Rgu
Wsp
Hal
Gst
Sls
Asm
Rsb
Bbbpu
Bbu
Rgs
Vor
Tsm
Pvg
Ksm
Ggd
Rgu
Ssm
nsb
Sbs

Rmb
bbt
sab
Gsb
Jmb
Syp
Mks
Jmb
Pls
Ptm
Abd
Bml
Rpp
दाङ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराएका हुन् । केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् ।
त्यस्तै शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लोगो पनि वितरण गरेको छ । शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगेका थिए । थरीथरीका पोसाक र भेषभुषामा सांसदहरूको उपस्थितिले संसद् भवन नयाँ बानेश्वको दृष्य निकै रमाइलो देखिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सासंदलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाएका हुन् । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी दुई सय ७५ जना सांसद छन् ।
यस्तै शपथ समारोह अगाडि संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले नव निर्वाचित सांसदहरुलाई स्वागत,बधाई एवम् शुभकामना व्यक्त गरेका थिए ।
