
Ksbus
Ggp
Rgp
Sdc
Ggp
Msbus
Lnp
Asbus
Ksbus


भाद्र ३० गते- मंगलबार,दाङको राजपुर गाउँपालिका अन्तर्गत वर्डा नम्बर १ मा बिगत लामो समयदेखी नेकपाप्रती आस्थावान रहदै आएका ३० जना व्यक्तीहरु राजपुर १ कठ्वेरुवा निवासी भेगा डाङ्गिको नेतृत्वमा आधिकारिकरुपले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । आफुहरु लामो समयदेखीनेकपाप्रती आस्थावान रहदै आएको र उक्त पार्टिलाई मतदान गर्दै आएतापनी पार्टिका स्थानिय नेताहरुले कुनैपनी काममा आफ्ना नातेदारलाईमात्रै हेर्ने गरेको पाईएकोले आफुहरु उक्त पार्टिका स्थानिय नेताको कार्यशैलीप्रती चित्त नबुझेकोले पार्टिप्रतिको आस्थालाई आजकै मितिदेखी त्याग गरि नेपालीकाङ्ग्रेसमा प्रवेश गरेको जनाएका छन ।
नेपाली काङ्ग्रेसका नेता अग्नि कुमार भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमा नेपाली काङ्ग्रेसका राजपुर गापा सभापती शरद कुमार बुढाथोकी,तराईमधेस सदस्य अनुराग यादव, क्षेत्रीय सभापती भेषराज पान्ड्ये,महासमिती सदस्य जानकिलाल बस्नेत लगायतले बर्तमान राजनैतिक परिस्थितिवारे बोलेका थिए भने राजपुर गा.पा अध्यक्ष लोकराज केसिले गा.पामा आफ्नो पार्टिको बहुमत नभएको,कर्मचारी व्यवस्थापनको ढिलाई ,पछिल्लो समयमा देखा परेको कोभिड-१९ ले गर्दा आफुले चाहे अनुसार कार्य गर्न नसकिरहेको बताए ।
उपाध्यक्ष धनपतिदेवी यादवले आफू भेटिघाटिको लागि आएको तर भेगा डाङ्गी जस्तो इमानदार,साहासी,लगनशिल र नेतृत्वदायी भुमिका खेल्न सक्ने महिला नेपाली काङ्ग्रेसले पाएकोमा आफू निकै नै खुशी भएको र डाङ्गी लगायत अन्य सबै महिलाहरुको हितमा आफू सदैब लागि पर्ने बताइन । पार्टी वर्डा सभापती रामवकश चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन चेतराम चौधरीले गरेका थिएभने पार्टीप्रती कार्यकर्ता भित्र्याउने कार्यमा आफुले ठूलो भुमिका निर्वाह गरेको पर्शुराम बुढाथोकीले जनाए।
