आलोक भावुक/गढवा बिहिबार, मंसिर १५, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ को गढवा बहुमुखी क्याम्पस गढवामा नि:शुल्क आँखा चेकजाँच शिविर सुरु भएको छ।

गढवा बहुमुखी क्याम्पस गढवाको प्राङगणमा लगाईएको आँखा शिविरमा ४ सय २ जना बिरामीहरुको ओपिडी चेकजाँच भएको छ भने १ सय ८३ जनाको बिरामीहरु लाई नि:शुल्क चस्मा वितरण प्राविधिक टोलीका सदस्य बिमल घिमिरेले जानकारी दिएका छन् ।

आँखा शिविर बाट ४८ जना मोतियाबिन्दु भएका बिरामीहरूको बिहिवार लमही आखा अस्पतालमा निशुल्क शल्यक्रिया हुने गढवा गाउँपालिकाका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरले जानकारी दिएका छन् ।

गढवा गाउँपालिका वडा नम्बर – ६ का वडाध्यक्ष बिर बहादुर आले मगरको अध्यक्षता तथा नेपाल नेत्र ज्योती संघ लमही दाङका सल्लाहकार उमाकन्त पन्तको प्रमुख आतिथ्यमा एवम् गढवा बहुमुखी क्याम्पस गढवाका संस्थापक प्रमुख दिपक कुमार यादवको बिशिस्ट आतिथ्यमा भएको छ। शिविर उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष विर बहादुर आलेले गढवा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा चलाएको अभियानबाट सम्पूर्ण पालिका बासीहरुले लाभ लिनु पर्ने बताए ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पालिका र वडाले सहकार्य गर्दै अन्य शिविरहरु पनि सञ्चालन गर्ने बिषयमा गहन छलफल भैरहेको वडाध्यक्ष आलेले जानकारी दिए। त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल नेत्र ज्योति संघ लमहीका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि उमाकन्त पन्तले गढवा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ लमहीको प्राविधिक सहयोगमा पालिकाको सबै वडामा सञ्चालन भैरहेको नि:शुल्क आँखा शिविरको खुलेर तारिफ गरे। यो शिविरले गढवा गाउँपालिका भित्रका सम्पूर्ण पालिकाबासीहरुले निशुल्क रुपमा आँखा चेकजाँच र मोतियाबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया हुने कुरा सामान्य नभएको भन्दै पालिकाले सम्बेदनशिल बिषयमा जिम्मेवारी पूर्वक अभियान चलाएको भन्दै पालिका लाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्यहरु दिलमणी आचार्य, गोबिन्द रोका, समाजसेवी देवराज यादव, तेज प्रसाद न्योपाने, बिष्णु सुनार, गढवा गाउँपालिकाका प्रेस संयोजक उमानाथ यादव लगाएतकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्राविधिक टोलीका सदस्य बिमल घिमिरेले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]