
Rgp1
Lnp
Sgr
Rgp
Srbpu
pku
Pbu
Unsku
Ggp

Rsb
Rgs
Vor
Rgu
Ksm
Pvg
Hal
Sls
Bbbpu
Tsm
Bbu
Wsp
Ggd
nsb
Asm
Sbs
Ssm
Rgu
Gst

Mks
Jmb
sab
Ptm
Abd
Rpp
Pls
Jmb
Syp
bbt
Bml
Gsb
Rmb
दाङ । घोराही दाङमा सञ्चालित बुद्ध इन्टरनेशनल हस्पिटलका विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेकोमा प्रेस काउन्सिल नेपालले मेचीकाली खबर युटुब च्यानलका संचालक तथा सम्पादक भोजराज थापालाई कारबाहीको चेतावनी दिएको छ ।
स्वास्थ्य सेवाको विषयलाई लिएर दाङबाट सञ्चालित मेचीकाली खबर डटकमको अफिसियल युट्युब च्यानलबाट पटक पटक प्रशारण भएको सामग्रीको विषयमा प्रेस काउन्सिल नेपालले संचालकलाई सचेत हुन निर्देशन दिएको हो ।
प्रेस काउन्सील नेपाल आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले वैशाख ९ गते सचेत पत्र लेख्दै युट्युवमा प्रशारित सामग्री एक पक्षीय, असन्तुलित र तथ्य भन्दा बाहिर सम्प्रेषण भएको प्रतिक्रिया खण्डित हुने आधार, प्रमाण नदेखिएको र पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै आउदा दिनमा त्यसो नगरिए पत्रकार आचार संहिताबमोजिम कारवाही हुने चेतावनी समेत दिएका छन् ।
त्यस्तै सचेत पत्रमा भनिएको छ–‘समाचारसंग सम्बन्धित पक्षबाट कुनै प्रतिक्रिया वा खण्डन प्राप्त भएमा उक्त प्रतिक्रिया वा खण्डनलँई उचित स्थान दिनु पत्रकार तथा सञ्चार माध्यमको कर्तव्य हुने पत्रकार आचारसंहिताको व्यवस्था रहेको हुदा आगामी दिनमा सम्वन्धित पक्षको भनाईलाई स्थान दिन,तथ्यपूर्ण र सन्तुलित सामग्री प्रसारण गर्नरगराउन अन्यथा प्रचलित कानुन एवं पत्रकार आचारसंहिता बमोजिम थप कारवाही हुनेतर्फ निर्देशानुसार सचेत गराईन्छ ।’
दाङको घोराहीस्थित बुद्ध इन्टरनेश्नल हस्पिटल र त्यहा कार्यरत डाक्टरको विषयमा तथ्य विपरित लान्छित गरेको भन्दै नेपाल चिकित्सक संघले मेचीकाली खवर डटकम र त्यसकै अफिसियल युट्युव च्यानलका सञ्चालक भोजराज थापामाथि कारवाहीको माग गर्दै प्रेस काउन्सील नेपालमा २०८० चैत ५ गते उजुरी दर्ता गराएको थियो ।
त्यस्तै उजुरीमा स्वास्थ्य उपचार जस्तो गम्भिर विषयमा तथ्य नै नबुझी चिकित्सा विज्ञानप्रति नै जनविश्वास गुम्नेगरी दुष्प्रचार गरिएकोले युट्युव च्यानल तथा सञ्चालक भोजराज थापामाथि कारवाहीको माग गरिएको थियो । २०८० फागुन ३० गते उपचारको क्रममा एक बालकको मृत्यु भएको विषयमा थापाले एक पक्षीय रुपमा समाचार बनाएको चिकित्सक संघको आरोप छ ।
