Sidha Patra शुक्रबार, बैशाख १४, २०८१

दाङ । घोराही दाङमा सञ्चालित बुद्ध इन्टरनेशनल हस्पिटलका विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेकोमा प्रेस काउन्सिल नेपालले मेचीकाली खबर युटुब च्यानलका संचालक तथा सम्पादक भोजराज थापालाई कारबाहीको चेतावनी दिएको छ ।

स्वास्थ्य सेवाको विषयलाई लिएर दाङबाट सञ्चालित मेचीकाली खबर डटकमको अफिसियल युट्युब च्यानलबाट पटक पटक प्रशारण भएको सामग्रीको विषयमा प्रेस काउन्सिल नेपालले संचालकलाई सचेत हुन निर्देशन दिएको हो ।

प्रेस काउन्सील नेपाल आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले वैशाख ९ गते सचेत पत्र लेख्दै युट्युवमा प्रशारित सामग्री एक पक्षीय, असन्तुलित र तथ्य भन्दा बाहिर सम्प्रेषण भएको प्रतिक्रिया खण्डित हुने आधार, प्रमाण नदेखिएको र पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै आउदा दिनमा त्यसो नगरिए पत्रकार आचार संहिताबमोजिम कारवाही हुने चेतावनी समेत दिएका छन् ।

त्यस्तै सचेत पत्रमा भनिएको छ–‘समाचारसंग सम्बन्धित पक्षबाट कुनै प्रतिक्रिया वा खण्डन प्राप्त भएमा उक्त प्रतिक्रिया वा खण्डनलँई उचित स्थान दिनु पत्रकार तथा सञ्चार माध्यमको कर्तव्य हुने पत्रकार आचारसंहिताको व्यवस्था रहेको हुदा आगामी दिनमा सम्वन्धित पक्षको भनाईलाई स्थान दिन,तथ्यपूर्ण र सन्तुलित सामग्री प्रसारण गर्नरगराउन अन्यथा प्रचलित कानुन एवं पत्रकार आचारसंहिता बमोजिम थप कारवाही हुनेतर्फ निर्देशानुसार सचेत गराईन्छ ।’

दाङको घोराहीस्थित बुद्ध इन्टरनेश्नल हस्पिटल र त्यहा कार्यरत डाक्टरको विषयमा तथ्य विपरित लान्छित गरेको भन्दै नेपाल चिकित्सक संघले मेचीकाली खवर डटकम र त्यसकै अफिसियल युट्युव च्यानलका सञ्चालक भोजराज थापामाथि कारवाहीको माग गर्दै प्रेस काउन्सील नेपालमा २०८० चैत ५ गते उजुरी दर्ता गराएको थियो ।

त्यस्तै उजुरीमा स्वास्थ्य उपचार जस्तो गम्भिर विषयमा तथ्य नै नबुझी चिकित्सा विज्ञानप्रति नै जनविश्वास गुम्नेगरी दुष्प्रचार गरिएकोले युट्युव च्यानल तथा सञ्चालक भोजराज थापामाथि कारवाहीको माग गरिएको थियो । २०८० फागुन ३० गते उपचारको क्रममा एक बालकको मृत्यु भएको विषयमा थापाले एक पक्षीय रुपमा समाचार बनाएको चिकित्सक संघको आरोप छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]